काठमाडौं । शाही युवा शक्ति नेपाल (आरवाईपी)ले गणतन्त्रको खारेज नभएसम्म राष्ट्रिय एकता दिवसबारे बहस गर्नु नै हाँस्यस्पद भएको टिप्पणी गरेको छ ।
बुधबार आर.वाई.पीेले पृथ्वी जयन्ततीको पूर्वसन्ध्यामा ‘पृथ्वी नारायण शाह, एकता दिवस र राजतन्त्र’ नामक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी नभएसम्म एकता दिवसबारे बहस गर्नु व्यर्थ हुने स्पष्ट पारेको हो ।
संगठनका अध्यक्ष पशुपति खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित् व्यक्तिहरुले पृथ्वीनारायण शाहको नेपाल एकिकरणबारे खुलेर प्रशंसा गरेका थिए । आर.वाई.पीका अध्यक्ष खड्काले प्रमुख राजनीतिक दलका मतियारहरुले विदेशीहरुको एजेण्डामा देशलाई भड्खालोमा हालेको आरोप लगाउँदै भने, “यदि दुईचार महिनाभित्रैमा गणतन्त्र खारेज गर्न सकिएन भने हाम्रो देश रुवाण्डा बन्छ ।”
शाही युवा शक्तिले आगामी पुस २४ गते राजतन्त्र पूर्नवहालीको माँगसहित राजधानीमा बृहत्त लाठी जुलुस गर्ने भएको छ ।