arrow

डिपीएल क्रिकेटको पहिलो क्वालिफायर भिडन्त, फाइनल पुग्न रुपन्देहीले १२९ रनको चुनौती पछ्याउँदै

विराटनगर १२८ रनमै समेटियो, आरिफको ३६ रन 

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
DPL_Cricket_Rupan_Birat1.jpg

धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग डिपीएल क्रिकेटको फाइनल प्रवेशका लागि रुपन्देही च्यालेन्जर्सले १२९ रनको चुनौती पाएको छ । पहिलो क्वालिफायर खेलमा विराटनगर किंगस बीचको खेलमा रुपन्देहीले १२९ रनको चुनौती पाएको हो ।

खेलमा टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १२८ रनमात्र बनाउन सक्यो । 

विराटनगरले रनको खाता खोल्नुअघि नै दोस्रो बलमा प्रकाश विष्टलाई गुमाएको थियो ।

आरिफ शेखले ४१ बलमा ३६, शरद भेषावकरले २२ बलमा २४ रन बनाए । तर सबैभन्दा आकर्षणको केन्द्र बने पवन सर्राफ । सर्राफले ६ बलमा २ छक्काको मद्धतले १५ रन बनाए । 

कप्तान शक्ति गौचनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै दिपेश श्रेष्ठले २ विकेट लिए । शहाब आलम, कृष्ण कार्की र विक्रम सोवले १–१ विकेट लिए ।

पहिलो चरणमा विराटनगर रुपन्देहीसंग पराजित भएको थियो । 

शीर्ष स्थानमा रहेर रुपन्देही र दोस्रो स्थानमा रहेर विराटनगरले पहिलो क्वालिफायर खेल्न पाएका हुन् ।

इलिमिनेटर खेलमा दिउँसो काठमाडौं गोल्डेन्स र चौराह टिम धनगढी भिड्ने छन् । 



नयाँ