arrow

डिपीएल क्रिकेट: धनगढीलाई काठमाडौंको १२४ रनको लक्ष्य

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
DPL_Cricket_KTM_DHN.jpg

धनगढी।  धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग डिपीएल टि-२० क्रिकेट प्रतियोगितामा  काठमाडौं गोल्डेनसले १२३  रन बनाएको छ।  

धनगढीले जितका लागि १२४ रनको लक्ष्य पाएको छ। बिजयी टोलीले दोस्रो क्वालिफायर्समा रुपन्देहीको सामना गर्ने छ। 

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १२३ रन बनाएको हो। काठमाडौंका सुमित महर्जनले ३१ रन बनाएका थिए भने नरेश बुडायरले २९ रनको योगदान दिएका थिए। 

धनगढीका ललित राजवंशी र अमर राउटेलाले २-२ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ