arrow

डिपीएल क्रिकेट: धनगढी बिजयी, दोस्रो क्वालिफयर्समा रुपन्देहीसँग भिड्ने 

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
DPL_Cricket_DHG_KTM.jpg

धनगढी।  धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग डिपीएल टि-२० क्रिकेट प्रतियोगितामा धनगढी चौराहा ६ विकेटले बिजय भएको छ।

धनगढीले १८.२ ओभरमा ४ विकेट गुमाउँदै १२७ रन बनाउँदै बिजयी भएको थियो। 

अनिल मण्डल र पृथु बास्कोटाले दोस्रो विकेटकालागि ६४ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई बिजय तर्फ डोर्‍याएका थिए। 

धनगढीले दोस्रो क्वालीफायर्स रुपन्देहीसँग खेल्ने छ। दोस्रो क्वालिफायर्समा बिजयी टोली बिराटनगरसँग उपाधिकालागि भिड्ने छ। 

अनिलले ४४ रन बनाएका थिए भने पृथुले २२ रनको योगदान दिएका थिए। कप्तान पारस खड्काले १२ रन बनाएका थिए। आरिफ शेखले १० बलमा २ छक्का र १ चौका प्रहार गर्दै आउट नभई २२ रन बनाएका थिए। 

काठमाडौंका सन्तोष भट्टले २ विकेट लिएका थिए भने मञ्जित श्रेष्ठले १ विकेट हात पारेका थिए। त्यसैगरि १ विकेट रनआउटका रुपमा आएको थियो। 

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १२३ रन बनाएको थियो। काठमाडौंका सुमित महर्जनले ३१ रन बनाएका थिए भने नरेश बुडायरले २९ रनको योगदान दिएका थिए। 

धनगढीका ललित राजवंशी र अमर राउटेलाले २-२ विकेट लिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ