arrow

भिटामिन ए र जुकाको औषधी खुवाइँदै, बुधबार छुटेकालाई बिहीबार

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
ministry-of-health.jpeg

काठमाडौं । देशभरी बिहीबार भिटामिन ए र जुकाको औषधी खुवाइँदैछ । बुधबार छुटेका देशभरीका सवै बालबालिकालाई भिटामिन ए र जुकाको औषधी बिहीबार पनि निःशुल्क खुवाइने भएको हो ।
 
भिटामिन ६ महिनादेखि ५ बर्ष सम्मका र जुकाको औषधी एक बर्षदेखि ५ बर्षका बालबालिकालाई खुवाइने भएको हो ।
 
स्थानीय खोप केन्द्र, तथा स्वास्थ्य संस्थाहरुमा बिहानैदेखि स्थानीय स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरुले भिटामिन ए र जुकाको औषधी खुवाउन थालिसकेका छन् । 

६ महिनाभन्दा कम उमेरका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी दुबै खुवाउनु नपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

६ महिनासम्म बालबालिकालाई आमाको दुध मात्रै खुवाउनु पर्ने र त्यसैबाट सबै किसिमका पोषक तत्वहरु पाईने चिकित्सकहरुको भनाई छ । 

देशभरका झण्डै तीस लाख भन्दा बढी बालबालिकालाई दुई दिनमा जुकाको औषधी र भिटामिन ए खुवाइने लक्ष्य स्वास्थ्य मन्त्रालयले लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ