arrow

बसाइसराईले समस्याः नगरभित्रकै विद्यालयमा ५ शिक्षक ५ विद्यार्थी

जनजातिले विद्यार्थी पढ्नै पठाएनन् 

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
teacher.JPG.jpeg

फलेवास । निःशुल्क तथा गुणस्तरीय शिक्षा, तालिमप्राप्त शिक्षक शिक्षिका, शान्त वातावरण भएको नगरपालिकाभित्रकै यहाँको एक सामुदायिक विद्यालय बन्द हुने अवस्थामा परेको छ । 

पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित जनएकता प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या रित्तिदै जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो । 

स्थानीयवासी दिनप्रतिदिन बसाइँ सर्ने क्रम बढेपछि विद्यार्थीको सङ्ख्या न्यून बनेको हो । 

विद्यालयमा पढ्ने केही विद्यार्थी सोही गाउँआसपास माविमा पढ्न जान थालेपछि उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको शिक्षकले गुनासो गरेका छन् । 

विसं २०४८ मा स्थापना भएको सो विद्यालयले केही वर्षपहिले ५० जनासम्म विद्यार्थी पढ्न आउने गरेका भएपनि अहिले एकपछि अर्को गरेर विद्यार्थी सङ्ख्या घट्न थालेको विद्यालयले जनाएको छ । 

विद्यालयमा बाल शिक्षामा अध्ययन गर्नेसहित अहिले पाँच विद्यार्थी मात्र नियमित विद्यालय आउने गरेको विद्यालयका प्रध्यानाध्यापक अमृत गुरुङले बताए । 

उनले गाउँमा प्रायः विद्यार्थी नभएको भन्दै साविकको आर्थर गाविस ठूलो भएपनि जनजातिका कुनै पनि विद्यार्थी विद्यालयमा पढ्न नआउने बताए । 

उनका अनुसार विद्यालयमा दलित विद्यार्थी मात्र पढ्न आउने गरेका छन् । 

उनीहरु पनि घरमा कुनै काम भएमा अभिभावकले विद्यालय नै नपठाउने गरेको उनले बताए । 

विद्यार्थी पढ्न नआएको खण्डमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्थासमेत आउने गरेको छ । 

विद्यालयमा एक कार्यालय सहयोगीसहित पाँच शिक्षकको दरबन्दी रहेको छ । 

कक्षा ३ सम्म आधारभूत प्राविको पढाइ हुने उक्त विद्यालयमा चालु शैक्षिकसत्रमा ११ विद्यार्थी भर्ना भएको भएपनि अहिले पाँचजना मात्र नियमित आउने गरेका छन् । 

जिल्ला शिक्षा कार्यालय पर्वतले न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने नीति ल्याएको भए पनि उक्त विद्यालय भने अहिलेसम्म गाभिएको थिएन । 

विद्यार्थीको सङ्ख्या यही अवस्थामा रहेमा उक्त विद्यालयलाई नजिकैको अर्कोसँग गाभ्ने तयारी गरिएको जिशिका पर्वतले जनाएको छ । 

पछिल्लो समय निजी विद्यालयको अङ्ग्रेजी शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ