arrow

डिपीएल क्रिकेट: पारस खड्काको बिष्फोटक ब्याटीङले रुपन्देहीलाई १७३ रनको बिजय लक्ष्य

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
DPL_Cricket_Paras.jpg

धनगढी। धनगढी प्रिमियर लिग डिपीएल टि-२० क्रिकेट प्रतियोगितामा धनगढी चौराहाले रुपन्देही च्यालेन्जर्सलाई १७३ रनको बिजय लक्ष्य दिएको छ। 

दोस्रो क्वालिफयर्समा बिजेता टोलीले बिराटनगर गोल्डेन्स सँग फाईनल खेल्ने छ। 

दोस्रो क्वालिफयर्स खेलमा टस जितेर पहिले ब्याटीङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विेकटको नोक्सानीमा १७२ रन बनाएको हो। कप्तान पारस खड्काले ६७ रन बनाएका हुन्। उनले ४० बलमा ४ छक्का र ६ चौका प्रहार गरेका थिए। 

त्यसैगरि राजु रिजालले २५ रन बनाएका थिए भने सौरभ खनालले ८ बलमा २४ रनको योगदान दिएका थिए। सौरभले २ छक्का र २ चौका प्रहार गरेका थिए। 

रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिएका थिए भने बिक्रम भुसाल र शहाब आलमले १-१ विकेट लिएका थिए। 

समुह चरणमा रुपन्देही बिरुद्ध नाटकीय खेल जित्दै चौथो भएर ईलिमिनेटर खेलेको धनगढीले काठमाडौंलाई पराजित गर्दै दोस्रो क्वालिफायर्स खेलेको हो भने रुपन्देही समुह चरणमा पहिलो हुँदै दोस्रो चरण प्रवेश गरेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ