arrow

डिपीएल क्रिकेट: पारसको धनगढी फाईनलमा, शरदको बिराटनगरसँग भिड्ने 

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
DPL_Cricket_QLF_2.jpg

धनगढी। धनगधी प्रिमियर लिग डिपीएल टि-२० क्रिकेट प्रतियोगितामा धनगढी चौराहा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ। यो बिजयसँगै पारस खड्काको धनगढीले शरद भेषावकर कप्तान रहेको बिराटनगरसँग फाईनल खेल्नेछ। 

दोस्रो क्वालिफयर्स खेलमा धनगढीले रुपन्देहीलाई ९२ रनले पराजित गरेको हो। ठूलो स्कोरको लक्ष्य पच्छ्याएको रुपन्देही शुरु धेखि नै सम्हालिन सकेन र लगातार रुपमा आफ्नो चविकेट गुमाउन पुगेको थियो। कुनै पनि समय रुपन्देही खेलमा फर्किन सकेको थिएन।  

रुपन्देहीका राजेश पुलामी र कैष्ण कार्कीले १४-१४ रन बनाएाक थिए। धनगढीका सौरभ खनालले ३ विकेट लिएका थिए भने ललित राजवंशी र आरिफ शेखले २-२ विकेट लिएका थिए। 

यसअघि खेलमा टस जितेर पहिले ब्याटीङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विेकटको नोक्सानीमा १७२ रन बनाएको हो। कप्तान पारस खड्काले ६७ रन बनाएका हुन्। उनले ४० बलमा ४ छक्का र ६ चौका प्रहार गरेका थिए। 

त्यसैगरि राजु रिजालले २५ रन बनाएका थिए भने सौरभ खनालले ८ बलमा २४ रनको योगदान दिएका थिए। सौरभले २ छक्का र २ चौका प्रहार गरेका थिए। 

रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिएका थिए भने बिक्रम भुसाल र शहाब आलमले १-१ विकेट लिएका थिए। 

समुह चरणमा रुपन्देही बिरुद्ध नाटकीय खेल जित्दै चौथो भएर ईलिमिनेटर खेलेको धनगढीले काठमाडौंलाई पराजित गर्दै दोस्रो क्वालिफायर्स खेलेको हो भने रुपन्देही समुह चरणमा पहिलो हुँदै दोस्रो चरण प्रवेश गरेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ