arrow

चरिकोटमा खानेपानीको स्मल टाउन आयोजना बन्ने

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
nagar-khanepani-bhela1.jpg.jpeg
श्यामप्रसाद खतिवडा, दोलखा। दोलखाको सदरमुकाम चरिकोट बजार र भीमेश्वर नगर क्षेत्रका बासिन्दाले लामो समयदेखि प्रतिक्षा गरेको हात्तिछहरा मुहानको पानी नगर क्षेत्रमा पुर्‍याउने खानेपानी आयोजनाको टुङगो लागेको छ। 
 
यसअघि खानेपानी समितिहरु बिचको विवादका कारण रोकिएको तेश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागी ति समितिहरु बिच सहमती भएको छ। मंगलबार भीमेश्वर नगरपालिकाको संयोजनमा बोलाईएको समितिहरु बिचको भेलाले आयोजना निर्माणका लागी मुल समिति समेत गठन गरेको छ। 
 
आयोजना बनेमा हातिछहराका २९ ओटा मुहानबाट खानेपानी ल्याई नगरभरी वितरण गरिने र ढल निकास समेत व्यवस्थापन हुने भीमेश्वर नगरपालिकाले जनाएको छ। नगरका साना उपभोक्ता समितिहरुको भेलाले समिति गठन गरेपछि आयोजना कार्यान्वयनका लागी सहज हुने र निर्माण प्रक्रिया अघि बढ्ने नगरपालिकाका कार्यकारी अधिकृत सञ्जयबहादुर राजलवटले जानकारी दिए।  
 
मंगलबारको भेलाले हातिछहरा चरिघ्याङ मानेडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विश्वनितिप्रकाशमान सिंह पाख्रिन प्रमुख संरक्षक रहने गरी चरिकोट खानेपानी उपभोक्ता समितिका पुर्व अध्यक्ष रामकष्ण केसीको अध्यक्ष्यतामा ७ सदस्य तेश्रो सानासहरी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागी सहजीकरण समिति गठन गरिएको छ। समितिमा नगरका ५ ओटा उपभोक्ता समितिका उपभोक्ताहरु छन्। 
 
यस अघि नेतृत्वको विवादले समिति गठन हुन सकेको थिएन्। समितिका प्रमुख संरक्षक पाख्रिनले आयोजना निर्माणको बाटो खुलेकाले अब भीमेश्वर नगरभरीका क्षेत्रमा खानेपानी तथा ढल निकासको दीर्घकालिन ब्यबस्था हुने बताए। ‘हातिछहरा मुहानबाट नगरभरीका बस्ती र घर घरमा सहज रुपमा खानेपानी ब्यबस्था हुनेछ’ उनले भने ‘खानेपानी तथा ढल निकास बिभाग अन्तर्गको यो आयोजना छिट्टै सुरु हुनेछ।’पाख्रीनका अनुसार यो आयोजना सन्चालनमा आएपछी नगरबासिले ५० बर्ष सम्म स्वच्छ खानेपानिको सदुपयोग गर्ने छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ