arrow

एनआरएनए जापानले निःशुल्क जापानी भाषाको कक्षा संचालन सुरु गर्ने 

logo
संगिता कुँवर  
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
japan.jpg

जापान । जापानमा संख्यात्मक रुपले नेपालीको संख्या बढेसंगै भाषा ज्ञानको अभावमा आउने समस्यालाई मध्यनजर गर्दै एनआएरएनए जापानले निःशुल्क भाषा कक्षा संचालन अभियान सुरु गर्दैछ ।

मे महिनाको पहिलो शनिबारदेखि २ सिफ्ट हुनेगरी भाषा कक्षा संचालन गरिने जनाइएको छ । 

संयोजक जापानका लागी पर्यटन दुत एवम् एनआरएनए जापानका महासचिव अनुज थापा रहने छन् । थापा जापानी भाषामा अब्बल नेपालीका रुपमा चिनिन्छन् । 

सुरुमा हप्तामा २ दिन २ घण्टा कक्षा संचालन हुनेछ । जापानमा नेपाली बिशेष गरि सामान्य रुपमा पनि भाषा ज्ञानको अभावमा दैनिक किनमेल देखि नियम कानुनका बारेमा पनि समस्या भोग्न बाध्य छन् ।  

करिव ६७ हजार नेपाली रहेको जापानमा अधिकाशं नेपाली कुक र डिपेन्डेन्ड भिषामा जापानमा छन् ।

उनीहरु भाषा ज्ञानको अभावमा थोरै रकममा गाह्रो काम गर्न बाध्य छन् । उनिहरुलाई यो कक्षा बिशेष सहयोगी बनोस भनेर सुरु गरिएको एनआएनए जापानका अध्यक्ष सुदन थापाले बताए ।

एक दिन खुल्ला गरिएको सुचनामा सोचे भन्दा बढि ईच्छुक रहेकोले प्रभाव राम्रो परे बढाउन सकिने समेत बताएका छन् । 

विदेशमा एनआरएनए भनेको समस्याको परेको बेला अभिभावक जस्तै हुन्छ । 

एनआरएनए जापानको यो प्रयाशलाई अधिकाशं नेपालीले प्रशंसा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ