- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसमा अखण्ड नेपाल पार्टी समानान्तर गाभिने भएको छ । शनिबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विहान नौ बजे एक कार्यक्रमकाबीच उनीहरुलाई काँग्रेसमा प्रवेश गराउने तयारी भईरहेको नेपाली काँग्रेसले जनाएको छ । कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, बीपी नगर, ललितपुरमा बस्दैछ ।
कार्यक्रममा अखण्ड नेपाल पार्टीका संस्थापक उपाध्यक्ष एवं अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डे सहित पार्टी पुरै नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको हो । उक्त प्रवेश कार्यक्रम नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायत केन्द्रीय सदस्यहरु तथा पार्टीका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहने बताइएको छ ।