arrow

नियमित पठन पाठनको माग गर्दै बिद्यालयमा तालाबन्दी

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
school.jpg.jpeg
केदार शर्मा , बागलुङ ।नियमित पठनपाठनको माग गर्दै वागलुङको जैदी गाविसमा रहेको संस्कृत उच्च माविका बिद्यार्थीहरुले तालाबन्दि गरेका छन् ।  करिव दुई महिनादेखी लेखा बिषयको शिक्षण नभएको, अर्को शिक्षक नियुत्त गर्ने बिषयमा बिद्यालय प्रसासनले चासो नदिएको , उमाबिमा तहमा लेखा जस्तो गम्बिर बिषय समालेका एक जिम्बेबार शिक्षकले बिद्यायार्थिको जिबनमा खेलबाड गरि २ महिना सम्म लगातार बिद्यायालयमा अनुपस्थित हुनु  तथा बिद्यालयमा नियमित पठपाठन नभएको भन्दै कक्षा १ देखी १२ सम्मका बिद्यार्थीहरुले तालाबन्दि गरेको जनाइएको छ ।
 
लेखा बिषयका शिक्षक कुल प्रसाद शर्मा उमेरहदका कारण डेढ महिना अगाडी बिद्यालयबाट वाहिरिए पछि कक्षा ११ र १२ का बिद्यार्थीहरुले लेखा ,व्यबसायिक अध्यान र बजार शास्त्र बिषय पढ्न नपाएको बिद्यार्थी ओमकार पौडेलले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालय वागलुङबाट नयाँ शिक्षक नियुक्तिको आदेश नपाए पछि नयाँ शिक्षक राख्न नसकिएको बिद्यालयका प्रधानाध्यापक अरुणकुमार चालिसेले बताउनुभयो ।
 
यता  जिल्ला शिक्षा कार्यलयले भने  शिक्षक शर्मालाई आगामि आईतबार सम्मका लागि आँफना कागजात भए जिल्ला शिक्षामा पेश गर्ने समय दिएको र  नभए आईतबार आर्को नयाँ शिक्षक नियुक्तिको आदेश पाउने  प्रधानाध्यापक अरुणकुमार चालिसेले जानकारि दिनु भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ