arrow

इङ्गल्याण्डलाई ११ वर्षपछी पहिलो सफलता

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
ALi-soprt.jpg.jpeg
एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा विजयी हुँदै इङ्गल्याण्ड विजयी यात्राको लयमा फर्किएको छ । दर्बाङ्गमा भएको पहिलो टेष्टमा दुई सय ४१ रनको फराकिलो जित निकाल्दै इङ्गल्याण्डले विदेशी भूमिमा ११ वर्ष पछि पहिलो टेष्ट सफलता हासिल गरेको छ । इङ्गल्याण्डले पछिल्लो टेष्टको हार श्रृंखलामा समेत पूर्णविराम लगाएको छ ।
 
४ सय १६ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङ्गमा एक सय ७४ रनमै समेटिएपछि नतिजा इङ्गल्याण्डको पक्षमा आयो । पहिलो इनिङमा डेन इल्गरको एक सय १८ रनको मद्दतले दुई सय १४ रन बनाएको दक्षिण अफ्रिका झन् खस्किएको हो । पहिलो इनिङमा ४ विकेट लिएका मोइन अलीले दक्षिण अफ्रिकाको व्याटिङ ध्वस्त पार्न दोस्रो इनिङमा ३ विकेट लिए ।
 
उनी प्लेयर अफ त म्यान घोषित भए । टस हारेर पहिले व्याटिङको निम्तो पाएको इङ्गल्याण्डले पहिलो इनिङमा तीन सय ३ तथा दोस्रो इनिङमा ३ सय २६ रन बनायो । इङ्गल्याण्डका लागि जेम्स टेलर र जो रुटले महत्वपूर्ण स्कोर बनाए । जितसंगै इङ्गल्याण्डले चार खेलको टेष्ट श्रृंखलामा १–० को अग्रता लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ