arrow

डिपीएल फाईनल: धनगढी चौराहा र बिराटनगर किङ्ग्सको फाईनल केही बेरमा 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
dpl-cup-final.jpg

धनगढी। धनगढि प्रिमियर लिग (डिपीएल) टि-२० क्रिकेट प्रतियोगिताको फाईनलमा धनगढी चौराहा र बिराटनगर किग्स बिच रोमाञ्चक खेल हुने भएको छ। स्थानिय समय ११ बजे शुरु हुने खेल प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ। 

नेपाली क्रिकेटका स्टारहरु पारस खड्का र शरद भेषावकरले आ-आफ्नो टोलीलाई सम्हालेका छन् ।धनगढीका कप्तान पारस रहेका छन् भने बिराटनगरलाई शरदले सम्हालेका छन्। 

दुवै खेलाडी फर्ममा रहेका छन्। प्रतियोगितामा पारसले १४६ रन बानईसकेका छन् भने शरदले १४५ रन बनाएका छन्। नेपाली क्रिकेटका दुई समकालिन सफल खेलाडीहरु बिचको प्रतिस्पर्धा फाईनल खेलमा हेर्न पाउने दर्शक र समर्थकहरुको चाहाना रहेको छ। 

प्रतियोगितामा पारसको ब्यक्तिगत उच्च स्कोर ६७ नट आउट रहेको छ भने शरदको ४६ रहेको छ। पारसले प्रतियोगितामा ८ छक्का प्रहार गरिसकेका छन् भने शरदले ७ छक्का प्रहार गरेका छन्। 

फाईनलमा धनगढीका ललित राजवंशी र बिराटनगरका सन्दिप लामिछानेको बलिङ हेर्न लायकको हुने छ। ललित प्रतियोगितामा राम्रो बलिङ गरिरहेका छन् उनले रुपन्देही बिरुद्ध ४ ओभरमा ५ रन खर्चिंदै ४ विकेट लिएका थिए। 

त्यसैगरि सन्दिपले प्रतियोगिता ११ विकेट लिईसकेका छन्। उनले कन्चनपुर बिरुद्ध ४ विकेट लिएका थिए। 
बिराटनगरका शुशिल कंडेल पनि राम्रो फर्ममा रहेका छन्। उनले प्रतियोगितामा १५ विकेट लिईसकेका छन्।उनले पनि कन्चनपुर बिरुद्धको खेलमा ४ ओभरमा ८ रन खर्चिंदै ४ विकेट लिएाक थिए। 

समुह चरण देखि बिभिन्न उतार चढाव भोगेर आएका दुई टोली फाईनलमा पुगेका छन्। धनगढीले समुह चरणमा आफ्नो पहिलो तीन खेलमा पराजय भोगेको थियो। त्यसपछि दुई खेल जित्दै पुछारमा रहेका कन्चनपुर आईकोनिक र सिवाईसी अत्तरियासँग अंक बराबर गर्दै नेट रनरेटमा उछिन्दै दोस्रो चरणको यात्रा गरेको थियो। 

त्यसैगरि बिराटनगर पनि समुह चरणमा दुई खेलमा पराजय भोगेको थियो। समुह चरणमा दोस्रो भएर माथि उक्लेको बिराटनगरले बलियो दावेदार मानिएको रुपन्देही च्यालेन्जर्सलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाईनलको स्थान पक्का गरेको हो। 

धनगढीले दोस्रो चरणको ईलिमिनेटरमा काठमाडौं गोलडेन्सलाई पराजित गरेको थियो भने दोस्रो क्वालीफायरमा रुपन्देहीलाई पराजित गर्दै फाईनलको स्थान पक्का गरेको हो। 

धनगढीका कप्तान पारस खड्का दुई खेलमा सुन्य रनमा आउट भएपछि धनगढीको समुह चरणबाट माथि उक्लने संभावना कम हुँदै गएको आँकलन गर्न थालिएको थियो। समुह चरणको आफ्नो अन्तिम खेलमा पारस खड्का फर्ममा आएका थिए । उनले उक्त खेलमा २१ बलमा ४२ रन बानउँदै आफ्नो टोलीलाई जित दिलाएका थिए। 

त्यसैगरि पारसले दोस्रो क्वालीफायर्समा आउट नभई ६७ रन बनाएका थिए। यो स्कोर प्रतियोगिताको उच्च ब्यक्तिगत स्कोर पनि हुन गयो। समग्र रनमा पनि पारस दोस्रो स्थानमा पुगेका छन्। उनो कुल स्कोर १४६ रहेको छ। धनगढीका अनिल मण्डल १४९ रन जिड्दै पहिलो स्थानमा रहेका छन्। 

बिराटनगरका कप्तान शरद भेषावकर फर्ममा रहेका छन्। उनले प्रतियोगितामा कुल १४५ रन बनाईसकेका छन्। शरदले समुह चरणको खेलमा धनगढी बिरुद्ध प्रतियोगितामा आफ्नो उच्च ब्यक्तिगत स्कोर बनाएका हुन्। उनले ४६ रन बनाएका थिए। 

समुह चरणको खेलमा बिराटनगरले धनगढीलाई २३ रनले पराजित गरेको थियो। बिराटनगरले उक्त बिजयको निरन्तरता खोज्ने छ भने धनगढीले आफ्नो फर्किएको फर्मलाई निरन्तरता दिने कोशिस गर्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ