arrow

डिपीएल क्रिकेट फाईनल: आरिफ शेखको बिष्फोटक ब्याटीङले बिराटनगरलाई १६० रनको लक्ष्य

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
DPL_Cricket_Final_Arif.jpg

धनगढी। धनगढी चौराहा र बिराटनगर किङग्स बिचको खेलमा टस जितेर पहिले बयाटीङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १५९ रन बनाएको छ। 

आरिफ शेखको बिस्फोटक ब्याटीङले धनगढीले ठुलो स्कोर बनाएको हो। आरिफले ३० बल खेल्दै ४ छक्का र ४ चौकाो मदतले ५४ रन बनाएका थिए। उनले कप्तान पारस खड्कासँग ४४ रनको साझेदारी गरेका थिए। 

 त्यसैगरि आरिफले हमर राउटेलासँग ६४ रनको साझेदारी गरेका थिए। अमरले पनि बिष्फोटक ब्याटीङ गर्दै १५ बलमा ३१ रन बनाएका थिए। उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए। 

कमजोर शुरुवात गरेको धनगढीलाई कप्तान पारस खड्काले सम्हालेका थिए। उनले पृतू बास्कोटासँग ३३ रनको साझेदारी गरेका थिए भने आरिफ शेखसँग ४४ रनको साजेदारी गरेका थिए। पारसले २९ रनको ब्यक्तिगत स्कोर बनाएका थिए। 

बिराटनगरका शुसील कंडेलले २ विकेट लिएका थिए भने जितेन्द्र मुखिया र प्रकाश बिष्टले १-१ विकेट लिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ