arrow

डिपीएल क्रिकेट: धनगढी बिजेता, बिराटनगरका सुशीलले जिते मोटरबाईक 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
DPL_Cricket_Winner_MOT.jpg

धनगढी। नेपाली क्रिकेटका कप्तान पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहाले प्रतियोगितामा पछिल्लो समयमा प्रतियोगिताम फर्किएर उपाधि हात पारेको छ। 

समुह चरणको पहिलो तीन खेलमा पराजय ब्योहोरेपछि जितको सिलसिला शुरु गरेको धनगढीले त्यसपछि पछाडी फर्केर हेरेन र उपाधिमा कब्जा जमाएको थियो।

फाईनलमा बिराटनगरलाई ६२ रनले पराजित गर्ने क्रममा आरिफ शेखले उत्कृष्ट ब्याटिङको प्रदर्शन गरेका थिए। यो जितसँगै धनगढीले ट्रफीका साथै १५ लाख नगद पनि पुरस्कार बापत पाएको थियो। 

खेलका प्लेयर अफ द फाईनल धनगढीका आरिफ शेख घोषित भएका थिए।

प्रतियोगिताका प्लेयर अफ द टोर्नामेन्ट सुशिल कंडेल घोषित भएका थिए। उनले टिभीसी अपाचे आरटिआर बाईक पुरस्कार बापत पाएका थिए। प्रतियोगितामा उनले सार्वधिक १७ विकेट लिएका थिए। 

उनले प्रतियोगितामा २ पटक चार विकेट लिएका थिए। कन्चनपुर आइकोनिक बिरुद्ध उनले ४ ओभरमा १ मेडेन सहित ८ रन खर्चिंदै ४ विकेट लिएका थिए भने रुपन्देही बिरुद्ध पनि ४ विकेट हात पारेका थिए। 
 

प्रतियोगितामा सबैभन्दा धेरै रनको रेकर्ड पारस खड्काले बनाएका थिए। उनले ८ पारीमा ६७ रनको उच्च ब्यक्तिगत स्कोर सहित १७५ रन बनाएका थिए। उनलाई पच्छ्याउँदै उनकै टिम धनगढीका आरिफ शेख १६८ रन बानउँदै दोस्रो स्थानमा रहेका छन्। त्यसैगरि धनगढीका अनिल मण्डल १५१ रन सहित तेस्रो स्थानमा रहेका छन्। 

त्यसैगरि फिल्डिङ तर्फ सिवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको छ। उनले ५ क्याच समातेका थिए। 

विकेटकिपरका रुपमा धनगढी चौराहाका राजु रजालले सबैभन्दा बढी खेलाडी आउट हुन सहयोग गरेका थिए। उनले ९ क्याच र १ स्टम्पिङ सहित कुल १० खेलाडीलाई आउट पार्न सहयोग गरेका थिए। 

फाईनलमा धनगढीका मध्यक्रमका ब्याट्सम्यानहरुको उत्कृष्ट ब्याटीङका मदतले १५९ रनको स्कोर बनाएको धनगढीलाई बिजय दिलाउन बलरहरुले कसिलो बलिङ गरेका थिए। 

सुशान भारीले ३ विकेट लिएका थिए। उनले ४ ओभरमा १ मेडेन राख्दै १८ रन खर्चेर उक्त विेकट लिएका थिए। त्यसैगरि सौरभ खनालले २ विकेट लिएका थिए। 

बिराटनगरका अमित श्रेष्ठले  २६ रन बनाएका थिए । त्यसैगरि प्रनित थापा मगरले २७ रन बनाएका थिए। 

 टस जितेर पहिले बयाटीङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १५९ रन बनाएको छ। 

आरिफ शेखको बिस्फोटक ब्याटीङले धनगढीले ठुलो स्कोर बनाएको हो। आरिफले ३० बल खेल्दै ४ छक्का र ४ चौकाो मदतले ५४ रन बनाएका थिए। उनले कप्तान पारस खड्कासँग ४४ रनको साझेदारी गरेका थिए। 

 त्यसैगरि आरिफले हमर राउटेलासँग ६४ रनको साझेदारी गरेका थिए। अमरले पनि बिष्फोटक ब्याटीङ गर्दै १५ बलमा ३१ रन बनाएका थिए। उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए। 

कमजोर शुरुवात गरेको धनगढीलाई कप्तान पारस खड्काले सम्हालेका थिए। उनले पृतू बास्कोटासँग ३३ रनको साझेदारी गरेका थिए भने आरिफ शेखसँग ४४ रनको साजेदारी गरेका थिए। पारसले २९ रनको ब्यक्तिगत स्कोर बनाएका थिए। 

बिराटनगरका शुसील कंडेलले २ विकेट लिएका थिए भने जितेन्द्र मुखिया र प्रकाश बिष्टले १-१ विकेट लिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ