arrow

मणिपाल अस्पतालले कागवेनी दूर्घटनाका गम्भीर घाईतेलाई उपचार गर्न मानेन

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
manipal_hospital_pokhara.jpg

काठमाडौं । आन्दोलनको नाममा मृत्युको मुखमा रहेकाहरुलाई त्यसै घर फर्काउनु कहाँसम्मको अमानवीय व्यवहार होला ? मृत्युको मुखमा रहेका कसैलाई अस्पतालको ढोकामा पुर्याउँदा हाम्रो आन्दोलन छ यहाँ अहिले उपचार हुँदैन भनेर अर्केठाउँ तिर पठाईयो भने त्यहाँ ती आफन्तहरुको मन के होला ? 

 

रगत तातेर आउने यस्तै व्यवहार गरेको छ पोखरामा रहेको मणिपाल अस्पतालले । डाक्टरहरुको आम हड्तालको नाममा कागबेनी दूर्घटनाका १७ जना घाईतेहरु लाई मणिपाल अस्पतालले उपचार गराउन नमानेपछि स्थानीयबासीहरु मणिपाल अस्पताल विरुद्ध आक्रोशित भएका छन् । उनीहरुले सो अमानवीय व्यवहारको विरुद्ध अस्पतालको मूल गेटमा तालाबन्दी समेत गरेको समाचार आएको छ । 

 

करिब ५ महिनादेखि श्रम ऐन २०४८ अनुसार करारमा रहेकोलाई स्थायी गराउन पर्ने, समय सापेक्ष रुपमा बैज्ञानिक ढंगले तलवको बृद्धि हुनुपर्ने, शनिबार र सार्वजनिक विदाको दिन कामगरेबापत सट्टा विदा पाउनु पर्ने  लगायतका माग राखी अस्पतालका ५२ जना डाक्टरहरु आन्दोलनमा रहेका छन् । उनीहरुको माग अहिलेसम्म पूरा नगरको भन्दै उनीहरुले पनि मानवीयताको समेत ख्याल नगरी ती विरामीको उपचार गराउन मानेनन् र सबैभन्दा ठूलो गल्ती त अस्पताल प्रशासनले गर्यो कि ती १७ जना विरामीहरुलाई भर्ना नगरेर । 

 

अस्पताल प्रशासनले कूल १७ जना घाईतेहरुलाई भर्ना लिन नमानेको स्वीकार गरेको छ । अस्पताल प्रशासनले डाक्टरहरुको हड्तालका कारण विरामी भर्ना गर्न नमानेको स्पष्ट पारेको छ । तर, आन्दोलनरत डाक्टरहरु भने आफूले गरेको गल्तीको दोष अस्पताल प्रशासनले आफूहरु माथि थोपरेको आरोप लगाएको छ । 

 

संघर्षरत चिकित्सक दिपक कोइरालाले अस्पताल प्रशासनकै तथ्यांक मान्ने हो भने अहिले कूल १ सय ५० जना चिकित्सकहरुले काम गरिरहेका छन् भने ५२ जनाले हड्ताल गर्दैमा किन विरामीलाई फकाईयो ? यसमा अस्पताल प्रशासन दोषी रहेको छ । उनले आफूहरुले तालाबन्दी पनि नगरिरहेको र आधा भन्दा बढी चिकित्सकहरु काममा रहेको बेलामा आन्दोलनको बाहानामा विरामी किन भर्ना गरिएन भन्दै प्रतिप्रश्न गरे । 

 

करिब ५०० शैयाको सो अस्पतालमा ओपीडी र आकस्मिक सेवा पनि अहिले सामान्य रुपमा सञ्चालन भईरहेको छ । तर, आन्दोलनको नाममा विरामीको खेलवाड गर्ने डाक्टरहरु र विरामीलाई भर्ना नै गर्न नमान्ने चिकित्सकहरु दुबैले मानवियतालाई लीलाममा राखेर फोहोरी खेल खेलेको आरोप लगाउने गरेका छन् ।

 

यस विषयमा कुराकानी गर्न खोज्दा अस्पतालका प्रमुख डा. विएम नागताललाई अस्पताल प्रशासनले सम्पर्क हुन नसकेको बताएको छ । भारतीय एक कम्पनीको लगानीमा सञ्चालित उक्त अस्पतालमा अहिले नेपाली डाक्टरहरु हड्तालमा छन् भने भारतीय डाक्टरहरुले काम गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ