arrow

राउटेलाई भेटेर मन्त्री थापाले भने :-'उपचार खर्च सवै सरकारले व्यवस्था गर्छ'

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
gagan-thapa-with-raute.jpg

काठमाडौं । ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।  कपिल आगोले जलेर केही महिनादेखि थलिएका थिए  । कपिल अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा जलेर घाइते भएका हुन् । 

उनलाई बिहीबार उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । स्वास्थ्यमन्त्री थापाले कपिलको सम्पूर्ण उपचार राज्यले गर्ने बताए । ‘संरक्षण गनुपर्ने समुदाय भएकोले उनको सबै उपचार राज्यले गर्छ’ थापाले भने , ‘उपचारमा कुनै कमि हुन दिँदैनौं ।’ राउटे समुदायको लागि निशुल्क स्वास्थ्य विमा गरिने पनि थापाले बताए । विमाको सबै शुल्क राज्यले व्यहोर्ने गरि उनीहरुको विमाको व्यवस्था गरिने स्वास्थ्यमन्त्री थापाले प्रष्ट पारे  । 

उनीहरुको लागि पोषण युक्त खानेकुराको व्यवस्था गर्न पनि कार्ययोजना बनाइने थापाले बताए । राउटेहरुको लागि घुम्ती स्वास्थ्य क्लीनिकको व्यवस्था गरिने बताउदै स्वास्थ्यमन्त्रीले  अस्पताल सम्म नआउनेलाई  उनीहरु बसेकै स्थानमा चिकित्सक सहितको घुम्ती स्वास्थ्य सेवा दिइने बताए । 

 
राउटे बस्तीमा विरामी अवस्थामा रहेकी राउटे मुखिया मैनवहादुर शाहीकी छोरीलाई उपचारको लागि अस्पताल ल्याउन एम्वुलेन्स व्यवस्था गर्न स्वास्थ्यमन्त्रीले त्यहीबाट संवन्धीत ठाउमा निर्देशन दिएकधा छन् । राउटे समुदायको स्वास्थ्यको बारेमा सरकार चिन्तीत रहेको बताउँदै विषेश समुदायको लागि छुट्टै बिषेश कार्ययोजना बनाइने उनको भनाई थियो । 

आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि काठमाडौ ल्याइएको हो । उनलाई राउटे उत्थान प्रतिष्ठान, उपराष्ट्रपतिका छोरा दिपेश पुन र एनआरएन बेल्जीयमका महासचिव लोक दाहालको पहलमा उपचारको लागि काठमाडौं ल्याइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ