arrow

दार्चुला साक्षर जिल्ला घोषणा

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
दार्चुला.png.gif
दार्चुला। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला देशको २३औँ साक्षर जिल्ला घोषणा भएको छ । एक कार्यक्रमबीच नेपाली काँग्रेसका पार्टी प्रवक्ता एवम् पूर्व शिक्षा राज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । 
 
पन्ध्रदेखि ६० वर्ष उमेर समूहका ९५।४ प्रतिशत नागरिक साक्षर भएपछि दार्चुलालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । 
 
साक्षर घोषणा कार्यक्रममा बोल्दै प्रवक्ता बडूले तराईका जिल्लाका सबै कुनामा शिक्षा नपुगेको अवस्थामा दार्चुलाजस्तो दुर्गम जिल्लाका नागरिक साक्षर भएको भन्दै खुसी व्यक्त गरेका हुन् । 
 
यस जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका एक हजार ४५३ जना मानिस अझै निरक्षर छन् । 
 
जिल्ला अनौपचारिक शिक्षा समितिले २०६८ सालदेखि साक्षर अभियान थालेपछि अहिलेसम्म २९ हजार ९६७ मानिस साक्षर भएको समितिले जनाएको छ । अभियानमा ४१ वटा सरकारी तथा गैरसरकारी निकायको सहयोग रहेको दार्चुलाका जिल्ला शिक्षा अधिकारी विष्णुदत्त भट्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ