arrow

सबै दल मिलेर संविधान कार्यान्वयनमा लागौ; नेता लेखक

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
ramesh-lekhaka-420x250.jpg.jpeg
कञ्चनपुर। नेपाली काँग्रेसका नेता तथा व्यस्थापिक–संसद् सदस्य रमेश लेखकले संविधान कार्यान्वयन गर्न सबै राजनीति दलहरु मिल्नुको विकल्प नभएको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १५औँ कार्यकारिणी समितिका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै नेता लेखकले संविधान निर्माणमा राजनीतिक दलबीच देखिएको एकता संविधान कार्यान्वयन गर्न पनि आवश्यक रहेको बताउनुभयो ।
 
“वैचारिक रुपले पार्टीबीच दूरी रहे पनि हामी एक अर्काका दुश्मन होइनौँ,” नेता लेखकले भन्नुभयो– “जसरी संविधान बनाउन एक भयौँ, त्यसैगरी कार्यान्वयनमा पनि एकता चाहियो ।” “आन्दोलनरत मधेसी मोर्चाका ११ बुँदे मागमा ५० प्रतिशत समानुपातिक प्रतिनिधित्वसँग सम्बन्धित छन्,” उहाँले भन्नुभयो–“संविधान संशोधनमार्फत पनि केही माग पूरा हुने प्रक्रिया जारी छ ।” उहाँले नाकाबन्दीको असर सबैभन्दा बढी निजी क्षेत्रमा परेको बताउँदै अमानवीय व्यवहार नदेखाउन भारतसँग आग्रहसमेत गर्नुभयो । 
 
सो अवसरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष सुरेश रावलसहित पदाधिकारी तथा सदस्यको पदस्थापन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ