arrow

अधिकार माग्दै दुरा जाती

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
 
काठमाडौ। दुरा सेवा समाजले अरु जनजातिलाई दिएको अधिकारसरह आफ्नो जातिलाई अधिकार दिन सरकारसँग माग गरेको छ । ल्होसारका उपलक्ष्यमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा समाजले अल्पसङ्ख्यक जनजातिका रुपमा रहेको आफ्नो जातिलाई अरु जनजातिसरह हकअधिकार दिन माग गरेका हुन् । 
 
भेडा वर्ग जाने र बाँदर वर्ग आउने नयाँ वर्षका रुपमा दुरा जातिले ल्होसार मनाउँदै आएका छन् । उनीहरुले खाजा खाने पर्वका रुपमा समेत ल्होसार मनाउँदै आएका छन् । नेपालको पश्चिमाञ्चलको लमजुङ जिल्ला उद्गमस्थल भएका दुरा जनजातिको ल्होसार आफ्नै विशिष्ट मौलिक संस्कृति हो । दुरा सेवा समाजका अध्यक्ष गोकुल दुराले दुरा जातिको आर्थिक सामाजिक विकासका लागि सबै दुरा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 
 
समाज हङकङका अध्यक्ष कमलराज दुराले दुरा समाजको विकासका लागि हङकङबाट सहयोग गरेको उल्लेख गर्नुभयो । दुराको जातिको उद्गमस्थलका रुपमा लमजुङ जिल्लाको दुराडाँडालाई लिइन्छ । हाल नेपालका १२ जिल्लामा दुरा जातिको करिब छ हजार जनसङ्ख्या रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ