arrow

हत्याका अभियुुक्त बीस वर्षपछि पक्राउ

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
पक्राउ.jpg.jpeg
सिरहा । हत्याको अभियोगमा अदालतबाट कैद सजाय पाएका एक अभियुक्तलाई २० वर्षपछि सिरहा प्रहरीले आज दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतौना गाविस–७ (हाल गोलबजार नपा–१२)का ७० वर्षीय सरयुग यादव रहेका छन् ।
 
घरमा लुकेर बसेको विशेष सूचना पाएपछि उनलाई घर मै पुगेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार कर्तव्य ज्यान मुुद्दाका अभियोगमा यादवलाई जिल्ला अदालत सिरहाले २०५२ मङ्सिर ६ गते छ महिना कैदको फैसला सुनाएको थियो । कैदको सजाय पाएपछि अभियुुक्त यादव लुकीछिपी बस्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ