arrow

नेपाली जनताले देखाएको धैर्यताको अध्यक्ष दाहालद्वारा सराहना

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
images-(1).jpg.jpeg
काठमाडौ । समाजसेवी केदार श्रेष्ठको १३औँ पुण्यतिथिका दिन आज श्रद्धाञ्जलिसभा गरिएको छ । चन्दागिरि नगरपालिकास्थित सतुङ्गलमा भएको सभामा एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले समाजसेवाका माध्यमबाट मुलुकमा राजनीतिक परिवर्तनका लागि श्रेष्ठले पु¥याएको योगदानको स्मरण गर्दै उहाँको निधनले मुलुकले निष्ठावान् तथा कुशल समाजसेवी गुमाएको बताउनुभयो । 
 
उहाँले नाकाबन्दीका कारण आपूर्ति व्यवस्थामा समस्या आएको भए पनि राष्ट्रियताका लागि नेपाली जनताले देखाएको धैर्यताको सराहना गर्नुभयो ।  भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले समतामूलक समाज निर्माणका लागि श्रेष्ठले देखाएको आदर्श नयाँ पुस्ताले अवलम्बन गर्नुपर्ने बताउनुभयो । 
 
नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले मुलुकमा आएको सङ्कटलाई समाधान गर्न सबै दल तथा राजनीतिज्ञ एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सांसद रुपा महर्जनले शिक्षाको विकास र सामाजिक सुधारका लागि श्रेष्ठले गरेको त्यागबाट मुलुकमा राजनीतिक परिवर्तन ल्याउन सघाएको विचार व्यक्त गर्नुभयो । राप्रपा नेपालका नेता देवेन्द्र प्रधानले मिलनसार स्वभावका श्रेष्ठ अरुको खुसी र सुखमा रमाउने व्यक्तित्वका रुपमा आफूले पाएको बताउँदै उहाँको निधनले राष्ट्रले अग्रज समाजसेवी गुमाएको बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ