एमाले स्थायी समिति बैठक : दोस्रो चरणको निर्वाचन जेठ १० अघि नै हुनुपर्ने
प्रकाशित २०७४ वैशाख ११ सोमबार
387
Shares
काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन जेठ १० पछि गते लैजान नहुने अडान लिएको छ । सोमबार बसेको एमाले स्थायी समितिको बैठकले दुई चरणमा निर्वाचन गर्ने भएपनि बजेट ल्याउनुपूर्व नै निर्वाचन गर्नुपर्ने भएकोले जेठ १० पछि निर्वाचन गर्ने पक्षमा एमालेले सहमति नजनाउने निर्णय गरेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।
एमाले कुनैपनि राष्ट्यिता माथि आँच आउने विषयमा सम्झौता नगर्ने भन्दै संविधानको धारा २ सय ७४ को संशोधनको पक्षमा कसैगरी पनि रहन नसक्ने नेता नेम्वाङले स्पष्छ पारे । उनले अहिलेको संविधान संशोधन प्रस्ताव निर्वाचन विथोल्नको लागि ल्याईएको ठहर गर्दै यसमा भएका राष्ट्रघाती विषय समावेश भएको भए त्यसको विरोध गर्ने निर्णय पनि भएको जानकारी दिए ।
यद्यपि बैठक अवधिभर संसद्मा प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्राप्त नभएकोले विधेयकको बारेमा थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने पनि नेता नेम्वाङले जानकारी दिए ।