arrow

युएईमा ४० संघसंस्थाले धुमधामका साथ बुद्ध जयन्ती मनाउँदै 

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
UAE-news.jpg

युएई । युएईमा यस वर्षको बुद्ध जयन्ती तामझामका साथ मनाईने भएको छ । युएईमा रहेका विभिन्न चालिस संघसस्थाहरुको संयुक्त आयोजनामा अबुधाबीको फोक्लोर थेयटर हलमा मे १२ मा २५६१औं बुद्ध जयन्ती तामझामका साथ मनाउन लागिएको  जनार्इएको छ ।

 

राष्ट्रिय विभूति, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभुमि नेपालको  पर्यटन प्रबर्द्धनसँगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्न कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक सुरेन्द्र थिङ तामाङले शुक्रबार एक पत्रकार सम्मेलन गरी जानकारी दिए ।

 

'पहिलेका बुद्ध जयन्ती जनजाति साथीहरूले मनाउदै आउनुहुन्थ्यो तर बुद्ध जनजातिहरुको मात्र नभई राष्ट्रको पहिचान भएको हुँदा सबै मिलेर मनाउु भन्ने हाम्रो प्रस्तावलाई सबै संघ सस्थाले सहजै रुपमा लिदा यो कार्यक्रम गर्न हौसला मिलेको र कार्यक्रम सफल हुनेमा कुनै दुबिधा नरहेको' मुल आयोजक समितिमा सदस्य तथा नेपाली समाज युएईका महासचिव मणि भुर्तेलले जानकारी गराउँदै देशका राष्ट्रिय चार्ड पर्वहरु संयुक्त रुपमा मनाउने अभ्यासको पनि सुरु भएको उनले थपे ।

 

बौद्ध धर्म गुरु बौद्ध महासंघका पुर्व अध्यक्ष खेन्पो भगेन्द्र सिला ९नन्द प्रसाद तिमल्सिना० को विशेष उपस्थिति सहित प्रवचन हुने कार्यक्रममा अन्य देशका नागरिकहरुलाई पनि यस बारेमा जानकारी दिन भगवान गौतम बुद्ध सम्बन्धि जानकारी सहितको केही समयको भिडियो प्रस्तुत गरिने र साथमा नेपालका लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तानको साथमा युएईमा रहेका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम मुल आयोजक समितिका सदस्य गोविन्द ढकालले जानकारी गराए । कार्यक्रम करिब चार घण्टाको रहने पनि उनले जानकारी दिए ।

 

युएईमा रहेका व्यवसाय राजनैतिक दल र सामाजिक संस्थाहरु एकै ठाउँमा रहेर संयुक्तरुपमा आयोजना गर्न लागेको कार्यक्रमका आयोजकहरुमा नेपाली समाज, नेपाल आदिवासी जनजाती महासंघ, नमस्ते ट्राभल, नेपाल विश्व सहयोग संघ,नेपलिज सोसल क्लव,शेर्पा किदुङ, किरात याक्थुङ चुम्लुङ, तमु समाज, गोरखा सेवा समाज, सुनुवार सेवा समाज, काभ्रे सेवा समाज, नेपाली समुदाय, थारु समाज, अन्तर्राष्ट्रिय कलाकार समाज, दलित एकता संजाल, लुम्बिनी वेल्फेर सोसाइटी, पर्बत सेवा समाज, रुपन्देही सेवा समाज, नवलपरासी सेवा समाज, कास्की आदर्श सेवा समाज, सर्लाही सेवा समाज, किरात राई यायोख्या, नेपाली जन प्रगतिशील मंच, नेपाल मगर संघ शाखा, लिस् ल फङ घले समाज, शिलेट ट्राभल एण्ड टुर्स, चितवन समाज, प्रवासी नेपाली एकता समाज, तामाङ समाज, अल सम्हा टावर क्याफ्टेरिया,अर्घाखाँची सम्पर्क समिति,स्याङ्जा सहयोग समाज, हमालय वल्ड ट्राभल,नेपाली कलाकार समूह, प्रबासी भुजेल समाज सेवा समिति,त्रिशुली समाज, मितेरी समाज, नेपालीको सगरमाथा रेस्टुरेन्ट, माझी समाज, अन्तर्राष्ट्रिय नेपाली समाज रहेका छन् भने नेपाल पत्रकार महासंघ युएईले मिडिया कोडिनेटरको भूमिका निर्वाह गर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ