arrow

स्वास्थ्यमन्त्रीकै अगाडी प्रधानमन्त्रीले भने–स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएका छन्

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
PM_and_gagan1.jpg

काठमाडौं । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताएका छन् ।

सोमबार विहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा बोल्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु गरिएको बताएका हुन् । प्रधानमन्त्रीले बोल्दा स्वास्थ्यमन्त्री गगन थापापनि सँगै थिए । प्रधानमन्त्री दाहालले भने,  ‘माननीय स्वास्थ्य मन्त्रीजी पनि निरन्तर लागि रहनुभएको छ ।

 मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने र जनताको जीवनमा परिवर्तन ल्याउन लागिरहेको छ । यस बीचमा स्वास्थ्य क्षेत्रमा पनि नयाँ प्रयासहरु भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेका छन् । हामीले रचनात्मक र जवाफदेही भएर काम गरौं, जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गरौं ।’

स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताए । बैठकले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ