arrow

नागरिकलाई छिटो र सहज सेवा दिन ‘मेट्रो मोबाइल एप्स’

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
download.jpg.jpeg
काठमाडौ। काठमाडौँ महानगरपालिकाले नागरिकलाई प्रभावकारी र थप सेवा दिन ‘मेट्रो मोबाइल एप्स’ सेवा  सुरु गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीले शुभारम्भ गर्नुभएको यस सेवाले महानगरपालिकाले नागरिकलाई ३५ वटै वडाको काम कारबाही छिटो र सहज रुपमा जानकारी दिनेछ । सो सेवामार्फत जनताले गुनासोसमेत गर्नसक्ने बताइएको छ । 
 
त्यस्तै महानगरपालिकाले आफ्नो सेवा स्थानीयस्तरमा प्रभावकारी रुपमा प्रवाह गर्नका लागि ४३ बुँदे प्रतिबद्धतापत्रसमेत जारी गरेको छ । महानगरपालिकाले आयोजना गरेको चुस्त एवम् प्रभावकारी सेवाप्रवाहसम्बन्धी प्रतिबद्धतापत्र ‘२०७२’ कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जारी गर्नुभएको हो । 
 
सो प्रतिबद्धतापत्रमा ४३ वटा बुँदा रहेको भए पनि मुख्य बँुदा सेवाग्राहीको तथा उपभोक्ताको हकअधिकारलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित अधिकारीबाट महिनामहिनामा नियमित बजार अनुगमनको व्यवस्था गर्ने,स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६ बमोजिमको कार्यालय समयको पालना भए नभएको र सेवाग्राहीलाई समयमा नै सेवा दिए नदिएको विषयमा सुपरीवेक्षण गर्ने उल्लेख छ । 
 
सेवाग्राहीको कुनै पनि काम तोकिएको समयभित्र सम्पन्न गर्ने, सम्पन्न हुन नसक्ने वा नमिल्ने भएमा आधार, कारण र औचित्य खोली सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउने वा सूचना पाटीमा टाँस गर्ने व्यवस्था गर्ने व्यवस्था मिलाइने, कार्यालयको कुनै कर्मचारी वा सम्पादित कुनै कार्यको विरुद्धमा कुनै उजुरी परेमा तीन दिनभित्र छानबिन प्रारम्भ गरी कानुनको अवधि तोकेकामा सोही अवधिभित्र कारबाही किनारा लगाइनेछ । 
 
कार्यक्रममा प्रशासनिक अदालतका अध्यक्ष काशिराज दाहालले राज्यले प्रदान गरेको सेवा प्राप्त गर्नु नागरिकको अधिकार भएकाले सो बारेमा जानकारी दिनु सम्बन्धित निकायको कर्तव्य रहेको बताउनु भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ