- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लण्डन । इङलिश च्याम्पियनसिप फुटबलबाट ब्राइटन एण्ड होभ आल्बियन र न्युकासल युनाइटेड प्रिमियर लिगमा चढेका छन् । च्याम्पियनसिपको शीर्ष दुईमा रहँदै दुवै टिमले फड्को मारेका हुन् ।
ब्राइटन यो शताब्दीमा पहिलो पटक फड्को मार्न सफल भएको हो भने न्युकासलले दोस्रो श्रेणीमा झरेको एक वर्षमै प्रिमियर डिभिजनमा फर्किने अवसर पाएको हो ।
२४ टिम रहेको च्याम्पियनसिपका दुई खेल खेल्न बाँकी छँदै ब्राइटन र न्युकासल प्रिमियर लिगमा सुरक्षित हुँदा रिडिङ, सेफिल्ड वेनस्डे, हडर्सफिल्ड टाउन र फुल्हममध्ये एक टिमलेमात्र प्लेअफमार्फत प्रिमियरमा प्रवेश पाउने सम्भावना छ ।
न्युकासलले सोमबार राति भएको खेलमा प्रेस्टन नर्थ इन्डलाई ४–१ ले हरायो ।
योजे प्रेजले दुई गोल गरे । यो जितसंगै न्युकासल बेनिटेडका प्रशिक्षक राफा बेनिटेजले खुशी व्यक्त गरे पनि अर्को सिजन यही क्लवमा रहने बारेमा निश्चित नभएको प्रतिक्रिया दिए ।