arrow

हावाहुरीले स्वास्थ्य केन्द्रको छानै उडायो, उपचारमा कठिनाइ 

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
solukhumb-district.png

सोलुखुम्बु। हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ। सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिए। 

 

करिब एक दशकअघि निर्माण भएको सो भवनबाट बिरामीका लागि ओपिडी सेवासँगै एक्सरे सेवा, प्रसूति सेवा, सामान्य शल्यक्रियालगायतका उपचार प्रदान गरिँदै आएको थियो।नियमित डाक्टरको उपस्थिति र आधुनिक उपकरणबाट उपचार सुरु भएकाले बिरामीको चाप बढिरहेका बेला हावाले छानो नै उडाउँदा उपचार सेवा प्रभावित भएको छ। 

 

छानो उडाएपछि पानी पसेर उपकरण बिग्रने डरले पाल ओढाएर राखिएको छ। एउटा कोठामा पाल ओढाएर त्यहीँबाट उपचार सेवा दिइरहेको भएपनि प्रभावकारी सेवा प्रवाहमा समस्या भएको डा शाहको भनाइ छ। जिल्लाकै बढी जनघनत्व रहेको नेचासल्यान गाउँपालिका अन्तर्गतको सो प्राथमिक सेवा केन्द्रको दैनिक १०० को हाराहारीमा बिरामी पुग्ने स्वास्थ्य केन्द्रले जनाएको छ। 

 

रुघाखोकी तथा झाडापखालाका बिरामीसमेत बढिरहेकाले झनै समस्या भएको डा शाहले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ