arrow

आन्दोलनका कारण मुलुक आर्थिक सङ्कटतर्फ उन्मुख: मुरारका

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
इलाम। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले चार महिनादेखि जारी आन्दोलनबाट मुलुक आर्थिक सङ्कटतर्फ उन्मुख हुनपुगेको बताउनुभएको छ । 
 
इलाममा आजदेखि सुरू भएको ‘प्रथम राष्ट्रिय किबी महोत्सव तथा औद्योगिक कृषि प्रदर्शनी मेला’ को उद्घाटन गर्दै अध्यक्ष मुरारकाले राजनीतिक दलका नेताले जारी आन्दोलनलाई तत्काल रोकेर मुलुकलाई सङ्कटबाट बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – संविधान आएपछि मुलुक आर्थिक विकासमा दु्रत गतिमा अघि बढ्छ भन्ने विश्वास थियो तर संविधान जारी भएकै दिनदेखि मुलुकमा आर्थिक सङ्कट सुरू भयो । आन्दोलन समाप्त नहुञ्जेल आर्थिक विकासमा अघि बढ्दैन । 
 
चालु वर्षमा उद्योग स्थापनाका लागि महासङ्घले रु एक करोड ६७ लाख रकम इलाम उद्योग वाणिज्य सङ्घलाई प्रदान गर्ने प्रतिवद्धता समेत अध्यक्ष मुरारकाले जनाउनुभयो । सो रकममध्ये सङ्घका प्रथम उपाध्यक्ष भवानी राणाले पहिलो किस्ताको रु ५४ लाखको चेक वाणिज्य सङ्घकी अध्यक्ष सुशीला सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो । 
 
इलाम उद्योग वाणिज्य सङ्घ र जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सुरू भएको महोत्सवमा २५ वटा स्टलमा किबीको अचार, जाम, जेली, रक्सी र कृषिका ८० वटा कृषि उत्पादन प्रदर्शनी राखिएका छन् । 
महोत्सव अवलोकनका लागि दोलखा, मकवानपुर, काभ्रे जिल्लाबाट पनि किसान र उद्यमी आएका छन् भने छिमेकी देश भारतबाट समेत पर्यटक आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ