arrow

संसद बैठकमा एमालेको अवरोध

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
samsad.jpeg

काठमाडौँ । प्रमुख विपक्षी दल एमालेले मंगलबार संसद अवरुद्ध गरेको छ । अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक १५ मिनेटका लागि स्थगित गर्नु पर्‍यो ।

बैठक सुरु भएपछि एमाले सांसद गंगालाल तुलाधरले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन विपरीत स्थानीय तहको संख्या बढाउने सम्बन्धमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र जारी गरेको भन्दै विरोध जनाए ।  

तुलाधरले यसबाट निर्वाचनको वातावरण भाँडिने तर्क गर्दै सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने बताए।

सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे पनि एमाले सांसदहरु आफ्नो स्थानमा उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ