सप्तरीको नगरपालिका र गाउँपालिकामा लगाइएको ताला खोलियो
प्रकाशित २०७४ वैशाख १३ बुधबार
918
Shares
राजविराज। राष्ट्रिय जनता पार्टी, सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको ताला आजबाट खोलेको छ। स्थानीय तह पुनः संरचनाको विषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोलिएको राष्ट्रिय जनता पार्टीका नेता गजेन्द्र मण्डलले बताए।
सरकारले जनसङ्ख्याको आधारमा स्थानीय तह निर्माण नगरेको र स्थानीय तहको पुनःसंरचना गरी सङ्घीयतालाई नै खतम गर्ने खेलमा लागेको भन्दै मोर्चाले सप्तरीका सबै स्थानीय निकायअन्र्तगतका नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा गत चैत ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए । रासस