बलिउडका 'स्टार' बिनोद खन्नाको ७० बर्षको उमेरमा निधन
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
335
Shares
एजेन्सी। भारतीय चलचित्र उद्योग (बलिउड)का चर्चित कलाकार बिनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ। मुत्रथैलीको क्यान्सरका कारण उनको मृत्यु भएको हो। खन्ना भारतीय संसदमा सांसद पनि थिए।
केही हप्ता अगाडी उनको क्यानसरले थिलथिलो भएको फोटो सामाजिक संजालमा भाईरल भएको थियो। पछि उनको परिवारले उक्त फोटो प्रयोग नगर्न आग्रह गर्नु परेको थियो। अहिले बलिउड पुरै सोकमग्न रहेको छ।
उबले पुरव आौर पश्चिम, रेश्मा और शेरा, पारिचय, हेराफेरी, पर्वरिश, वाण्टेड, दबंग आदि जस्ता चलचित्रहरुमा अबिनय गरेक थिए। उनी आफ्नो समयको सबैभन्दा 'ह्याण्डसम' कलाकारका रुपमा चिनिन्थे।
बलिउडका हस्तीहरु सत्रुघन सिन्हा, माधुरी दिक्षित, अनुपम खेर , अक्षय कुमार आदि कलाकारहरुले सामाजिक संजाल मार्फत श्रदान्जली ब्यक्त गरेका छन्। उनी बलिउडका उम्दा र प्यार कलाकारका रुपमा चिनिन्थे।