arrow

आईपीएल क्रिकेट: बेंगलोरको पराजय यात्रा जारी, गुजरात बिजयी

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
IPL_Gujrat_banglore.jpg

बेंगलोर। ईण्डियन प्रिमीयर लिग (आईपीएल) टि-२० क्रिकेट प्रतियोगीतामा रोयाल च्यालेन्जर्स बेंगलोरलाई गुजरात लायन्सले ७ विकेटले पराजित गरेको छ। 

भारतीय क्रिकेट कप्तान बिराट कोहलीको कप्तानीमा रहेको र क्रिश गेल, एबी डिविलियर्स जस्ता हस्तीहरु रहेको टोलीको हारको  क्रम जारी रहेको छ। ९ खेल खेलीसकेको बेंगलोरले ६ खेलमा पराजय ब्योहोरिसकेको छ। 

९ खेलमा ५ अंक सहित सातौं स्थानमा रहेको बेंगलोर भन्दा तल दिल्ली छ जस्ले ६ खेलमा २ जितका साथ ४ हंक बटुलेको छ। 

टस हारेर पहिले ब्याटी, गरेको बेंगलोरले निर्धारित २० ओभरमा सबै विकेट गुामउँदै १३४ रन बनाएको थियो। पवन नेगीले ३२ र केदार जाधवले ३१ रनको योगदान दिएका थिए। कसिलो बलिङ गर्ने क्रममा एण्ड्रयु टाईले ३ विकेट लिएका थिए। उनले चार ओभरमा १२ रन खर्चेका थिए। 

जवाफमा ब्याटीङ गर्ने ओर्लेको गुजरातले १३.५ ओभरमा ३ विकेटको क्षतिमा १३५ रन बनाउँदै जित आफ्नो पक्षमा पारेको थियो। उसकालागि एरोन फिन्चले ३४ बलमा ७२ रन बनाएका थिए। त्यसगरी सुरेश रैनाले ३४ रनको योगदान दिएका थिए। 

खेलका प्लेयर अफ म्याच एण्ड्रयु टाई घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ