arrow

एनआरएनए जापानद्वारा खेलाडी सम्मान

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
Taekwondo_japan_NRNA.jpg

टोकियो । गैर-आवाशीय नेपाली संघ जापानले नेप्लिज तेक्वान्दो एकेडेमीका खेलाडीहरुलाई टोकियोमा स्वागत तथा सम्मान गरेको छ । टोकियोमा एक कार्यक्रम आयोजना गरि टोकियोमा नेपाली खेलाडीहरु लाइ सम्मान गरेको हो ।कार्यक्रममा जापानमा रहेका बिभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग सहित सम्मान गरेका थिए ।

खेलाडीहरुलाई गैर-आवाशीय नेपाली संघ जापानले ५ मान, गैर-आवाशीय नेपाली संघ केन्द्रिय उपाध्यक्ष भबन भट्टले ४  मान,अन्तराष्ट्रिय नेपाली समाज जापानले २ मान, तमुधि जापान द्वारा २ मान, कास्की पोखरा समाजले १ मान २ हजार, ओनोजापान द्वारा १ मान, मनाङ्ग सोसाइटी द्वारा १ मान, सहभागीहरु द्वारा उठाइएको रकमबाट खाजा खर्च कटाएर गित गजल द्वारा ३ मान पांच हजार येन आर्थिक सहयोग रहेको थियो ।

जापानका लागी नेपालका कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्यालको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा प्रशिक्षक अशोक खड्काले नेपालको तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको इज्जत राख्न सफल भए पनि पूर्वाधार बिकास गर्नु पर्ने बताए ।यस प्रतियोगितामा नेपालको तर्फ बाट बिबेक श्रेष्ठ, प्रजुंन बिकले स्वर्ण, तिलक लामाले रजक, प्रगति कुइकेलले कास्य पदक प्राप्त गरेका थिए ।

 एनआरएनए जापानका अध्यक्ष सुदन थापाको अध्यक्षता महासचिव अनुज थापाको संचालनमा सम्पन्न कार्यक्रमको संयोजकमा  बुद्दि घिमिरेले रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ