arrow

पाँच महिनामा नै मुहार फेर्दै पाँचथर अस्पताल, छिट्टै आफै फार्मेसी सञ्चालन गर्ने

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
panchthar_hospital.jpg

पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख बन्दै गएको छ । युवा व्यवसायी दिपक नेपाल अस्पताल बिकास समितिका अध्यक्ष भएको ५ महिनाको अन्तरालमै क्रमश सुधार हुँदै गएको पाइएको हो । उनी अध्यक्ष हुनुपूर्व अस्पताल भित्र छिर्दा मुखमा मास्क लगाएर छिर्नुपर्ने अवस्था थियो, कारण त्यहाँको गन्धले बसिनसक्नु थियो, तर उनी आएको ५ महिनामै धेरै सुधार भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

अहिले अस्पताल भित्र जाँदा न पहिले जस्तो गन्ध नै गाउँछ, न त शौचालय भित्र पस्दा पहिलेको जस्तो बाहिरै दिशापिसाब नै छ, पहिलेको तुलनामा धेरै सुधार भएको सेवाग्राही बताउँछन् ।

 

अहिले अस्पताल परिसरभित्र बँगैचा बनाइएको छ, जहाँ सुन्दर फूलहरु रोपिएका छन्, यस्तै अस्पताल भित्र पहिल्यै शौचालय भरिएर शौच गर्न जाने अवस्था थिएन् तर अहिले छुट्टै सेफ्टी ट्याकी निर्माण गरी शौचालयमा टायल लगाएर व्यवस्थित गरिएको अस्पताल विकास समितिका अध्यक्ष दिपक नेपालले बताए ।


उनले भने,“ नागरिक समाजले चाहे जस्तो आमूल परिवर्तन नै त गर्न सकिएको छैन । तर पनि आफनो तबर बाट सकेको प्रयास गर्न खोजेको हो ।” उनका अनुसार अहिले अस्पतालको अप्रेसन थिएटरमा टाइलिङ गर्न र अन्य आवश्यक स्थानमा टाइलिङ गर्न १५ दिने टेन्डर आह्वान गरिएको छ । सेफ्टी ट्ंयाक,कपडा सरसफाई गर्ने, लन्ड्री गृह निर्माण, चमेना गृह निर्माण,ओपिडी कक्षमा आल्मुनियम लगाएर पाटेसन गर्न,तथा अन्य सुधारका कार्य गर्न भनेर यस वर्ष ५० लाख रुपैया रकम विनियोजन भएको छ ।

 

सुधारका लागि आएको रकमबाट बचेको रकम ५ लाख २ हजार ५ सय रुपैयाँ अस्पताल भित्रै सञ्चालन हुने फार्मेसी संचालनमा खर्च गरिने भएको छ । यो फार्मेसी ३६ लाख रुपैयाँको लगानीमा निर्माण हुँदैछ, यो फार्मेसी सञ्चालन भएमा अन्य मेडिकलहरुको तुलनामा यस फार्मेसीमा १० प्रतिशत औषधी सस्तो हुने र ७० किसिमका औषधी पाइने अस्पतालका डाक्टर पवन कुमार शाहले बताए । अब यो चाँडै सञ्चालनमा आउने बताइएको छ । अहिले दरवन्दी बाहेकका दुई जना डाक्टर समेत ल्याएर सेवाग्राहीलाई सेवा दिइराखिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ