arrow

उपलव्धि सम्झाउँदै काँग्रेसले भन्यो, सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
congress-artha-bikash.jpg

काठमाडौं। प्रजात्नत्र पूनर्स्थापना यताका बर्षहरुमा सबैभन्दा धेरै सत्तामा रहेको नेपाली काँग्रेसले सहि नीतिगत निर्णयहरु नगर्दा देश पछि परेको आरोप विपक्षी पार्टीहरुले लगाइहरँदा काँग्रेसले त्यसलाई खारेज गर्दै त्यसको जवाफ दिएको छ ।

प्रजातन्त्र पूनर्स्थापनाको केहि बर्ष वित्न नपाउाँदै सशस्त्र द्धन्दमा धकेलिएको देशलाई सहि बाटोमा ल्याइ शान्ति प्रक्रियालाई निकष्कर्षमा पुर्‍याउन नेतृत्व गरेको काँग्रेसले विगत २५ बर्षमा जे जति विकास र प्रगति भएका छन त्यसमा आफ्नो सरकार र आफ्नो नेतृत्वको सरकारले लिएका सहि नीतिको परिणाम भएको दावी गरेको छ । यद्यपी यस समयमा राजाको प्रत्यक्ष शासनकाल, कम्युनिष्ट सरकार र त्रिशंकु संसदको परिणामस्वरुप बनेका सर्वदलीय सरकारहरु भएपनि काँग्रेसको सहि नीतिको भरमा देशमा विकास भएको काँग्रेसको दावी छ । 

काँग्रेसले आफ्ना उपलव्धीहरु एकपछि अर्को गर्दै आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न थालेको छ । बि.सं २०४८ देखि २०७३ सम्म को बिगत २५ बर्षमा नेपाली कांग्रेसको नेतृत्वमा देशको विभिन्न क्षेत्रमा भएका नीतिगत सुधारका उपलव्धिहरुलाई उसले जनमानसमा ल्याएको छ। तथ्यगत रुपमा काँग्रेसले जनतालाई यो कुरा बुझाउन खोजेको छ  काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले काँग्रेसले गरेका कुरालाई नजरअन्दाज गर्दै काँग्रेसलाई रक्षात्मक बनाउनेहरुलाई जवाफका लागि मात्र नभइ यो जानकारी काँग्रेसले गरेका कामलाई जनतालाई सम्झाउन पनि ल्याएको बताए । 

आर्थिक क्षेत्रमा भएका केहि नीतिगत सुधारका उपलव्धिहरुमा काँग्रेसले २५ बर्षमा आर्थिक क्षेत्रमा के फरक भयो भनेर सम्झाएको छ । २५ बर्ष अघी २०४८ सालमा ५ वटा बैङक तथा वित्तीय संस्था रहेकोमा २०७३मा ११७ पुगेको छ । कुल ग्राहस्थ उत्पादनमा राजस्वको अनुपात ९ प्रतिशत रहेकोमा  २५ बर्षपछि २०७३ मा २३ प्रतिशत पुगेको काँग्रेसले जनाएको छ । वजेटमा विदेशी अनुदान र ऋणको अनुपात ३६ बाट घटेर १४ प्रतिशतमा झरेको पनि काँग्रेसले जनाएको छ । गरिविको रेखामुनी रहेका नागरिकको संख्या ४९ प्रतिशतबाट झरेर २१ मा झरेको पनि काँग्रेसले लिएको नीतिगत स्पषटताका कारण भएको उल्लेख गर्दै यहि स्पष्टवादी र सबैलाई जोड्ने काँग्रेसलाई मत दिएर स्थानिय तहको चुनावमा सहयोग गर्न मतदाताहरुसँग आग्रह गरेको छ । 

कांग्रेसका प्रचार प्रसार उपसमितिका सहसंयोजक गगन थापा यसैलाई पुष्टी हुनेगरि भन्छन्, 'काँग्रेस  गरीबीको बितरणमा हैन, आम नेपालीको समृद्धिमा बिश्वास गर्दछ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ