arrow

मतदातालाई काँग्रेसले भन्यो, ' काँग्रेसकै कारण शिक्षा क्षेत्रमा भएको हो विकास '

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
congress-Education-bikash.jpg

काठमाडौं। प्रजात्नत्र पूनर्स्थापना यताका बर्षहरुमा भएका विकासका उपलव्धीहरु आफ्नो पार्टीले लिएको नीतिका कारण भएको दावी काँग्रेसले गरेको छ । सबैभन्दा धेरै सत्तामा रहेको नेपाली काँग्रेसले सहि नीतिगत निर्णयहरु नगर्दा देश पछि परेको आरोप विपक्षी पार्टीहरुले लगाइहरँदा काँग्रेसले त्यसलाई खारेज गर्दै त्यसको जवाफ दिएको छ ।

प्रजातन्त्र पूनर्स्थापनाको केहि बर्ष वित्न नपाउाँदै सशस्त्र द्धन्दमा धकेलिएको देशलाई सहि बाटोमा ल्याइ शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेतृत्व गरेको काँग्रेसले विगत २५ बर्षमा जे जति विकास र प्रगति भएका छन त्यसमा आफ्नो सरकार र आफ्नो नेतृत्वको सरकारले लिएका सहि नीतिको परिणाम भएको दावी गरेको छ । यद्यपी यस समयमा राजाको प्रत्यक्ष शासनकाल, कम्युनिष्ट सरकार र त्रिशंकु संसदको परिणामस्वरुप बनेका सर्वदलीय सरकारहरु भएपनि काँग्रेसको सहि नीतिको भरमा मात्र देशमा विकास भएको काँग्रेसको दावी छ । 

काँग्रेसले आफ्ना उपलव्धीहरु एकपछि अर्को गर्दै आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न थालेको छ । बि.सं २०४८ देखि २०७३ सम्म को बिगत २५ बर्षमा नेपाली कांग्रेसको नेतृत्वमा देशको विभिन्न क्षेत्रमा भएका नीतिगत सुधारका उपलव्धिहरुलाई उसले जनमानसमा ल्याएको छ। तथ्यगत रुपमा काँग्रेसले जनतालाई यो कुरा बुझाउन खोजेको छ  काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखक काँग्रेसले गरेका कुरालाई नजरअन्दाज गर्दै काँग्रेसलाई रक्षात्मक बनाउनेहरुलाई जवाफका लागि मात्र नभइ यो जानकारी काँग्रेसले गरेका कामलाई जनतालाई सम्झाउन पनि ल्याएको बताए । 

शैक्षिक क्षेत्रमा भएका केहि नीतिगत सुधारका उपलव्धिहरुमा काँग्रेसले २५ बर्षमा शिक्षा क्षेत्रमा के फरक भयो भनेर सम्झाएको छ ।

सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस भन्दै काँग्रेसले शिक्षा क्षेत्रमा प्राप्त उपलव्धिहरुलाई पनि एक पछि अर्को गन्दै मतदाताहरुलाई सम्झाएको छ । २५ बर्ष अघी प्राथमिक विद्यालयमा खुद भर्नादर ६४ प्रतिशत रहेकोमा २०७३मा आइपुग्दा ९७ प्रतिशत पुगेको छ । २०४८ सालमा माध्यमिक विद्यालयको संख्या १९५९ रहेकोमा २५ बर्षमा थपएर ३५९६ भएको काँग्रेसले जनाएको छ । उच्च शिक्षामा महिला र पुरुषको अनुपात १:३ रहेकोमा २५ बर्षपछि २०७३ मा १: १ मा पुगेको छ। त्यसैगरि चिकित्सा र इन्जिनियरिङ विद्यार्थी संख्या २०४८ मा ५७९ रहेकोमा २०७३ मा ३७१३० रहेको छ । १५ देखि २४ बर्ष उमेर समुहको साक्षरता  २०४८ मा ५० प्रतिशत रहेकोमा २०७३ मा ९० प्रतिशत पुगेको छ । अबो ५ बर्षमा काँग्रेसले यसलाई शतप्रतिशत पार्ने जनाएको छ । 

कांग्रेसका प्रचार प्रसार उपसमितिका सहसंयोजक गगन थापा यसैलाई पुष्टी हुनेगरि भन्छन्, ' काँग्रेस गरीबीको बितरण गरेर नभइ अवसरका लागि शिक्षामा लगानी गरि देश विकास गर्न चाहन्छ भन्ने कुरा २५ बर्षमा यस क्षेत्रमा काँग्रेसकै नीतिका कारण भएको प्रगतिलाई हेरेर बुझ्न सकिन्छ। ' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ