arrow

विद्यार्थी संगठनको आन्दोलन स्थगित, शिक्षा सुधारका लागि ९ बुँदे सहमती 

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ वैशाख १७ आइतबार
Kanchanpur_District.png

कञ्चनपुर ।  निजी विद्यालयले नियम विपरित अभिभावकबाट चर्को शुल्क असुलेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रेका विद्यार्थी संगठनले आन्दोलन स्थगित गरेका छन् ।  विद्यार्थी संगठन, शिक्षा कार्यालय र निजी विद्यालयका संगठन बिच भएको बैठकले विद्यार्थीका मागमा शिक्षा र निजी विद्यालय सहमत देखिएपछि विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । विद्यार्थी संगठन र शिक्षा कार्यालय र प्याब्सनका दुई संगठन बिच ९ बुँदे सहमती भएपछि आन्दोलन स्थगित गरिएको नेवि संघका केन्द्रीय सदस्य कैलास चन्दलले बताए । 

उनका अनुसार जिल्ला शिक्षा अधिकारी अमर प्रशाद भट्टको नेतृत्वमा बसेको बैठकले जिल्लामा शिक्षा सुधारका लागि ९ बुँदे सहमती गरिएको थियो । नेवि संघका नेता चन्दले विद्यार्थीका मागका विषयमा शिक्षा कार्यालय तथा निजी विद्यालयका संचालकहरु बीच उक्त सहमती भएपछि आन्दोलन स्थगित गरिएको बताए । 

 संस्थागत विद्यालयको अनुमती कक्षा समेत उल्लेख गरी सोही अनुसारको विवरण स्थानीय पत्रिकामा प्रकासित गरी सोही अनुसार विद्यार्थी भर्ना गर्न अभिभावकमा आब्हान गर्ने, शिक्षा नियमावली २०५९ अनुसार अनुमति नलिएर संचालनमा रहेका विद्यालय बन्द गर्न निर्देशन दिने, संस्थागत विद्यालयहरु नियम निर्देशन विपरित शुल्क बृद्धि नगर्न र नियमानुसार मात्रै शुल्क लिन निर्देशन दिने, सामुदायिक विद्यालयमा लिईरहेको शुल्क बन्द र लिएको शुल्क फिर्ता गर्न निर्देशन दिने र नदिए व्यवस्थापन समिति र प्रअलाई कार्बाही गर्ने,  १९ गते जिल्लाको शैक्षिक मुद्दामा सरोकारवालासित अन्तरक्रिया गर्ने, नियममानुसार विद्यालय बसमा संचालन गर्ने निर्देशन दिने र पालना नगर्नेलाई कार्बाही, मागहरु अघि सारेर विद्यार्थी संगठनद्वारा लगाईएका ताला अबिलम्ब खोल्ने र १५ दिन भित्रै कार्यान्वयन गर्ने र अनुगमनका लागि जिल्ला प्रशासन संग समन्वय गर्ने सहमती भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ