arrow

फेसन शोमार्फत सौन्दर्य सामाग्री सार्वजनिक

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
Fashion.JPG.jpeg
काठमाडौं । थाइल्याण्डको प्रसिद्ध पेभिमोल कम्पनिले उत्पाद गरेका छाला स्यहार गर्ने प्रशाधनको नेपाली बजारमा विक्रि प्रारम्भ गर्न मंगलबार काठमाडौंमा एउटा फेसन शो को आयोजना गरिएको छ । नेप्लिज फेसन होमले आयोजना गरेको फेसन शोमा महिला तथा पुरुष मोडलहरुले दुई भिन्न सिक्वेन्समार्फत पाभिमोलका विभिन्न उत्पादनहरु क्याटवाकमार्फत प्रदर्शन गरेका हुन् ।

वातावरणमन्त्री विश्वेशर पासवान, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता तथा चिकित्सक आयुष्मान घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा तथा पेभिमोल कम्पनीका प्रबन्ध निर्देशक कामोल चाइवाटाना मेथिनले उक्त कम्पनीका उत्पादन सार्वजनिक गरेका हुन् । समारोहमा फ्रि ह्विल प्रालिले काठमाडौंबाट पहिलो चरणमा पेभिमोलका उत्पादन बजारमा पु¥याएको जानकारी गराइयो । सूट, ईभिनिङ गाउन तथा सारीमा सजिएका मोडलहरुले नेपालमा उपलब्ध हुने पेभिलोन कम्पनीका उत्पादनहरुमध्ये के ए क्रिम, के ए नाइट सिरम, के ए यूभि प्राटेक्सन ह्वाइटनिङ फेस क्रिम, के ए एक्नी क्रिम, के ए बडी लोसन, के ए लिप केयर, एक्स्प्लोर बडी स्प्रे, एक्स्प्लोर हेयर जेल, एक्स्प्लोर फेस क्रिम, पोल्का ह्यान्ड क्रिम, पोल्का क्र्याक्ड हील क्रिम आदि उत्पादनका नमून प्रदर्शन गरेका थिए ।

पेभिमोल कम्पनीले थाइल्याण्डको स्वास्थ्य मन्त्रालय अन्तर्गतको थाइ फुड एण्ड ड्रग्स विभागबाट गुणस्तर एवार्ड २०१४ र २०१५ प्राप्त गरिसकेको कम्पनीका प्रवन्ध निर्देश्ँक ललित कुमार कार्कीले बताएका छन् । फेसन शो प्रारम्भ हुनुअघि विभिन्न नृत्यांगनाहरु चर्या नृत्य प्रदर्शन गरेका थिए ।

कपाल, छाला, स्वास्थ्य र सुन्दरताको सुरक्षाका लागि पेभिमोलले आफ्ना चार दर्जनभन्दा बढी उत्पादन विश्व बजारमा पठाउँदै आएको कार्यक्रममा जानकारी गराइएको थियो । पेभिमोल कम्पनीका सबै उत्पादन अल्कोहलरहित भएको र तिनीहरूले छालाको दाग मेट्ने, चाया–पोतो हटाउने, चाउरीपन हटाउने, घामबाट छालालाई जोगाउने कार्य गर्ने नेपालको प्रमुख वितरक फ्री ह्विल प्रालिकी निर्देशक प्रतिमा थापा कार्कीले कार्यक्रममा प्रकाश पारिन् । पेभिमोलका सबै सौन्दर्य प्रशोधन सामग्री नेपाली बजारमा पाइने पनि उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ