arrow

चेल्सी उपाधिका लागि अझै ढुक्क हुन सकेन, टोटनह्याम पछ्याउँदै

एभर्टनको शीर्ष चार संकटमा

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
chelsea-everton.jpg

गुडिसन पार्क । इङलिश प्रिमियर लिग फुटबलमा अन्तिम चार चरण बाँकी रहँदासम्म उपाधिमाथि ढुक्क हुने अवस्था बनेको छैन ।

उपाधिको दायरा साँघुरो भए पनि उपाधि कसले जित्छ भन्ने टुंगो लाग्न नसकेको हो । उपाधिका लागि चेल्सी र टोटनह्याम हट्सपरमात्र मैदानमा छन् । 
आइतबार रातिको खेलमा एभर्टनलाई उसकै मैदानमा ३–० ले हराउँदै चेल्सी अग्रस्थानमा कायमै छ । चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज, विलियन र गेरी काहिलले १–१ गोल गरे । यो हारले भने एभर्टनको शीर्ष चारभित्र अट्ने सम्भावना कमजोर बनेको छ । 
टोटनह्यामले आर्सनलमाथि २–० को विजयी नतिजा निकाल्यो । डेले अली र ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई विजयी गराए । 

यो जितले टोटनह्यामले चेल्सीसंगको अन्तर ४ अंकमै राखेको छ । म्यानचेष्टर युनाइटेड र स्वान्सी सिटीले भने १–१ को बराबरी खेले । त्यसैगरी मिडिल्सब्रो र म्यानचेष्टर सिटीले २–२ को बराबरी खेले । 

३४ खेलबाट ८१ अंकसहित चेल्सी शीर्ष स्थानमा कायमै छ । टोटनह्याम ७७ अंकसहित दोस्रो, लिभरपुल ६६ अंकबाट तेस्रो, म्यानचेष्टर सिटी ६६ अंकसहित चौथो, म्यानचेष्टर युनाइटेड ६५ अंकसहित पाँचौं, आर्सनल ६० अंकसहित छैटौं तथा एभर्टन ५८ अंकसहित सातौं स्थानमा छ । यो अंकतालिकाले तेस्रो र चौथो हुने टिमबीच निकै कडा प्रतिस्पर्धा रहेको छ । 
सन्डरल्याण्ड रेलिगेशनमा परिसकेको छ भने दुई टिमको छिनोफानो हुन बाँकी छ । 
Chelsea manager Antonio Conte high-fives Nathan Ake as he congratulates his players at the final whistle

 

The Italian couldn't hide his delight at the final whistle, leaping onto the back of Chelsea keeper Thibaut Courtois 

Pedro unleashed a left-footed effort from outside the Everton penalty area to separate the two sides after 66 minutes

Pedro races away to celebrate scoring his goal which put Chelsea in the lead in the second half against Everton

Gary Cahill notched a second to secure all three points with 11 minutes to play when he took advantage of bad defending

Antonio Conte shows his gratitude towards Cahill at the final whistle, embracing the defender

Brazilian Willian got a third for the Blues in the dying stages of the game to round off a comfortable displayChelsea manager Antonio Conte punches the air after his side claimed three more points in the Premier League



नयाँ