arrow

सिडिओको किर्ते हस्ताक्षर गरेर पैसा निकाल्न खोजेपछि

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
District-55-Rukum-hamrakura.jpg.jpeg
दिलिप खड्का रुकुम । प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेर नेपाल बैँकबाट पैसा निकाल्न खोज्ने दुईजनालाई रुकुम प्रहरीले पक्राउ गरि  सरकारी छाप तथा दस्तखत किर्ते अन्र्तगको मुद्धा चलाएको छ । रुकुमका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको नक्कली हस्ताक्षर र जिल्ला प्रशासन कार्यालय रुकुमको छाप मार्फत किर्ते गरी नेपाल बैंकबाट द्धन्द्धपिडिलाई दिईएको राहत रुपैयाँ निकाल्न खोज्ने दुई जनालाई रुकुम प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना जिल्ला प्रशासन कार्यालय रुकुममा कार्यरत सवारीचालक मुसिकोट नगरपालिका १ का २८ बर्षिय पिमेबहादुर कामी रहेका छन् । अर्का रुकुम मुसिकोट नगरपालिका ३, राउखेतका १९ बर्षिय रवि नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

दुई जनाको मिलोमतोमा किर्तेकाम गरि उनीहरु नेपाल बैंक लिमिटेड रुकुम शाखामा चेक साट्न गएका थिए ।  चेक साट्ने क्रममा  बैंक कर्मचारीले किर्तेकाम गरेको आशंकामा प्रमुख जिल्ला अधिकारी  सिलवाललाई सोधेबुझेपछि किर्ते गरेको रहस्य खुलेको हो ।

प्रमुख जिल्ला अधिकारीले उक्त  हस्ताक्षर आफ्नो नभएको जानकारी दिएपछि किर्ते गरि अबैद्य तरिकाले रकम निकाल्न खोज्ने उनिहरुलाई पक्राउ गरिएको सरकारी छाप तथा दस्तखत किर्ते अन्र्तगको मुद्धा चलाईएको प्रहरीले जनाएको छ । उनिहरुले  यस अघि पनि यसरी नै किर्ते गरि केहि रकम निकालेको हुनसक्ने आशंकामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका  कामी प्रशासनको सवारीचालकमा करार सेवा कार्यरत भएको प्रशासनले जनाएको छ । पक्राउ पछि  कामीलाई सेवाबाट हटाईएको छ  ।

द्धन्द्धपिडिलाई दिईएको राहत रकम  किर्ते काममा संलग्न रबि द्धन्द्धपिडित भएको शान्ति समिति रुकुमले जानकारी दिएको छ । शान्ति समिति रुकुम कार्यालयका अनुसार उनका बुवा गोपाल नेपाली  राज्यपक्षबाट २०५८ सालमा सोलुखुम्बु जिल्लामा मारिएका थिए । केहि समय पछि छोरा रविले आफु १८ बर्ष पुरा भएको र बाजे मार्फत लिएको राहत आफुले नपाएको गुणासो जिल्ला प्रशासन कार्यालयमा गरेपछि बाजेको नामबाट हटाएर उनकै नाममा खाता सञ्चालन गरिएको थियो । खाता सञ्चालन गरेसगैँ  रबिले बैंकमा आउने राहत रकम आफ्नै नामबाट निकाल्दै आएका थिए ।

प्रशासनमा कार्यरत रहेका सवारीचालक कामी र द्धन्द्धपिडित नेपाली मिली प्रशासनको लेटरप्याडमा प्रजिअको नक्कली हस्ताक्षर तयार गरि बैंकका लागि रोक्काखाता फुकुवा गरिएको चिठी तयार पारेर रकम निकाल्न थालेका थिए । प्रशासनमै कार्यरत सवारीचालक कामी केहि बर्ष देखि उक्त कार्यालयमा कार्यरत रहेका कारण कार्यालयको लेटरप्याड, छाप तथा प्रजिअको हस्ताक्षरको बारेमा राम्रो जानकार भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ