arrow

सल्यानमा कुन दलबाट कसले दिए उम्मेदवारी ?

logo
शरद रेग्मी,
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
salyan_district_map.png

सल्यान । स्थानीय तहको निर्वाचन अन्तर्गत सल्यानमा मंगलबार उम्मेद्धारी मनोनयन दर्ता सम्पन्न भएको छ । उम्मेद्धारको टुंगो लगाइसकेका काँग्रेस, एमाले, माओवादी केन्द्र लगाएतका सल्यानका राजनीतिक दलहरुको उत्साहजनक सहभागिता देखिएको छ ।


सल्यानका ३ वटा नगरपालिका र ७ वटा गाउंपालिकामा विहान १० बजेदेखि सांझ ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यता जिल्लाको कपुरकोट गाउँपालिकामा पनि उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।


निर्वाचन अधिकृतको कार्यालय कपुरकोट गाउँपालिकाका अनुसार नेकपा एमाले कपुरकोट गाउंपालिका वडा नम्बर १ ले शुरुमा मनोनयन दर्ता गरेको छ ।दलहरुले उत्साहजनक रुपमा मनोनयन दर्तामा सहभागी भइरहेको कपुरकोट गाउंपालिकाका निर्वाचन अधिकृत अच्युत प्रसाद दाहालले जनाए । कपुरकोट गाउंपालिकामा काग्रेसबाट दुर्गा गिरी, एमालेबाट भिम बहादुर सेन, नेकपा माओवादी केन्द्रबाट प्रकाश भण्डारि र राप्रपाबाट महिला नेतृ करुणा गिरिले अध्यक्ष पदका लागी उम्मेद्धारि दिएका छन् ।


उता सल्यानको त्रिवेणी गाउंपालिकामा पनि दलहरुले मनोनयन दर्ता गरिरहेका छन् । दलका कार्यकर्ताहरु आआफ्नो पार्टिको झण्डा तथा टिसर्टमा उपस्थीत भएका छन् । र जिल्लामा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।


विभिन्न राजनितिक दलहरुले उत्साहका साथ उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार काँग्रेसबाट शारदा नगरपालिकाको मेयरमा – सुरेश अधिकारी, उप मेयरमा –साबित्रा बस्नेत, बागचौर नगरपालिका मेयर –गोरख बहादुर खत्री, उप मेयर –मेनका चन्द, बनगाड कुपिन्डे नगरपालिका मेयरमा –दिपेन्द्र बिष्ट, उप मेयरमा –लक्ष्मी सुनार, ढोरचौर गाउँपालिका प्रमुखमा– नरबिर चलाउने, उपप्रमुखमा – बिमला रेउले, कुमाखमालिका गाउँपालिका प्रमुखमा –बिबेकसिंह राठौर, उपप्रमुखमा– उर्मिला राणा, दार्मा गाउँपालिका प्रमुखमा –रामचन्द्र के.सी., उपप्रमुखमा – बिमला चन्द, त्रिबेणी गाउँपालिका प्रमुखमा –मान बहादुर डाँगी, उपप्रमुखमा – करुणा गिरी, कपुरकोट गाउँपालिका प्रमुखमा –दुर्गा गिरी, उपप्रमुखमा – ओकी महतारा, कालिमाटी गाउँपालिका प्रमुखमा –भरत पुन उपप्रमुखमा – कमला अधिकारी, छत्रेश्वरी गाउँपालिका प्रमुखमा –सन्तोष के.सी. र उपप्रमुखमा – सिता के.सीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 


यस्तै नेकपा एमालेबाट शारदा नगरपालिका मेयर राम कुमार खड्की, उप मेयरमा सरिता हमाल, बागचौर नगरपालिका मेयर लोक बहादुर डाँगी, उपमेयर ओकाकुमारी खत्री, वन्गाड कुपिण्डे नगरपालिका मेयर गोविन्द पुन, उपमेयरमा चम्फा पुरी, कपुरकोट गाउँपालिका अध्यक्षमा भिम बहादुर सेन, उपाध्यक्षमा तिला बुढा, त्रिवेणी गाउँपालिका प्रमुखमा लोकेन्द्र सिंह खड्का, उपाध्यक्षमा कलावती ओली बोहोर, छत्रेश्वरी गाउँपालिका अध्यक्ष  ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्धा केस, ढोरचौर गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा वोहोरा, कालिमाटी गाउँपालिका अध्यक्ष टेक बहादुर ओली, उपाध्यक्ष सहनशीलता ओली, कुमाख गाउँपालिका अध्यक्ष भैरव बहादुर शाह, उपाध्यक्ष शान्ति चन्द, दार्मा गाउंपालिका अध्यक्ष दल बहादुर केसी, उपाध्यक्ष  भिमलादेवी चन्दले उम्मेदवारी दर्ता गराएका हुन् ।


यसैगरी नेकपा (माओवादी केन्द्र)बाट शारदा नगरपालिका मेयर प्रमोद श्रेष्ठ, उपमेयर झरणा बुढाथोकी, बागचौर नगरपालिका मेयर लोकमान बुढाथोकी, उपमेयरमा कल्पना पुन, बनगाड कुपिण्डे नगरपालिका मेयर  कर्णवहादुर वुढाथोकी, उपमेयर मञ्जु यरी, दार्मा गाउँपालिका अध्यक्ष निमराज केसी, (अरुन), उपाध्यक्ष टिका वली, छत्रेश्वरी गाउँपालिका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष राधा शर्मा, त्रिवेणी गाउँपालिका अध्यक्ष अजय रोका, उपाध्यक्ष लिलावती वुढा, कपुरकोट गाउँपालिका अध्यक्ष  प्रकाश भण्डारी, उपाध्यक्ष एलिना राना, ढोरचौर गाउँपालिका अध्यक्ष नरविर चलाऊने उपाध्यक्ष भूमि बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्ष पुरुषोत्तम भट्टराई उपाध्यक्ष प्रिती डिसी, कुमाखमालिका गाउँपालिका अध्यक्ष  दिलमाय वि.एम. (सिर्जना) र उपाध्यक्ष डिल्लीराज जैशीको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ