arrow

यातायात व्यवस्था विभागका निर्देशक पोखरेल दुई लाख घुससहित पक्राउ

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
Nabin-Kumar-Pokharel.jpg.jpeg
काठमाडौं । भ्रष्टाचारको छानविनमा सक्रिय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था विभागका निर्देशक नविन कुमार पोखरेललाई घुस लिँदा लिँदै पक्राउ गरेको छ । पोख्रेल दुई लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेका हुन् । विभागको नयाँबानेश्वरस्थित कार्यालयबाट पोखरेल घुससहित पक्राउ परेका हुन् ।
 
भक्तपुर लोकन्थली, १६ बस्ने पोखरेल विभागको प्राविधिक क्षेत्रको जिम्मेवारी सम्हालिरहेका छन् ।  विभागको ढोकैमा दुई वर्ष देखि आन्दोलनरत बृद्धबृद्धालाई बेवास्ता गर्दै आएका विभाग कर्मचारीहरुको चाल चलन विगत देखिनै संकास्पद रहँदै आएको छ । उनीहरुले यातायातमा ५० प्रतिशत सहुलियत मागेका बृद्धबृद्धालाई समेत हकार्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ