arrow

पूर्वाञ्चल विश्वविद्यालयमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य माग

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
Purb_edit1.jpg.jpeg
काठमाडौँ। आज आयोजित एक कार्यक्रममा सहभागीहरुले पूर्वाञ्चल विश्वविद्यालयमा हुने गरेको अनियमितता र भ्रष्टाचार अन्त्य हुनुपर्ने माग गरेका छन् । युवा सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले चार वर्षमा सकिने इन्जिनियरिङ अध्ययन छ वर्षमा पनि नसकिने लगायत समस्या समाधान गर्न सुझाव पनि दिए । 
 
कार्यक्रममा नेकपा (एमाले)का नेता एवम् पूर्वशिक्षामन्त्री प्रदीप नेपालले विश्वविद्यालयको सुधारका लागि त्यसको केन्द्रीय कार्यालयलाई विराटनगरबाट मोरङको गोठगाउँमा सार्नुपर्ने, कर्मचारी भर्ना गर्दा नियमसङ्गत हुनुपर्ने, विश्वविद्यालयको पात्रो प्रयोग गरी सोहीअनुसार चल्नुपर्ने र एमबिबिएस कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । 
 
विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले विश्वविद्यालयलाई नयाँ ढङ्गले सञ्चालन गरिने र सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो । सङ्घका उपाध्यक्ष दिलु पन्तले ९५ प्रतिशत विश्वविद्यालय काठमाडौँ केन्द्रित रहेको बताउँदै गोठगाउँमा २०५ बिघामा रहेको प्रशासनिक भवनमा मेडिकल कलेज सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभयो । 
 
कार्यक्रममा विद्यार्थीहरुले गोठगाउँमा रहेको प्रशासनिक भवनमा रहेको करोडौँ पर्ने चिकित्सासम्बन्धी सामानको व्यवस्थापन गर्नुपर्ने, मापदण्ड बनाएर कर्मचारीको नियुक्ति गर्नुपर्ने लगायत माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ