- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दिल्ली । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा दिल्ली डेयर डेभिल्सले सनसनीपूर्ण जित हासिल गरेको छ ।
गुजरात लाइन्सले दिएको २०९ रनको लक्ष्य दिल्लीले १७.३ ओभरमै ३ विकेटको नोक्सानीमा पूरा गर्दै ७ विकेटको जित आत्मसात गरेको हो । रिसभ पन्तले ४३ बलमा ९ छक्का र ६ छक्काको मद्धतमा ९७ रन बनाए ।
दोस्रो विकेटका लागि १४३ रनको साझेदारी गर्ने क्रममा पन्तसंग सन्जु साम्पसनले ३१ बलमा ६१ रनको योगदान दिए । यसअघि गुजरातले ७ विकेटको नोक्सानीमा २०८ रन बनाएको थियो ।
कप्तान सुरेश रैनाले ४३ बलमा ७७, दिनेश कार्तिकले ३४ बलमा ६५ तथा आरोन फिन्चले १९ बलमा २७ र रविन्द्र जडेजाले ७ बलमा नटआउट १८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
यो हारसंगै गुजरात पनि प्लेअफ खेल्ने सम्भावनाबाट बाहिरिएको छ । जितले दिल्लीको सम्भावना अझै कायमै छ । १० खेलबाट १६ अंकको मुम्बई इन्डियन्स शीर्ष स्थानमा छ ।
११ खेलबाट १४ अंकको कोलकाता नाइट राइडर्स दोस्रो तथा समान अंकबाट रनरेटमा पछि परेको राइजिङ पुने सुपरजाइन्ट तेस्रो स्थानमा छ । ११ खेलबाटै १३ अंकको सनराइजर्स हैदराबादको १३ अंक छ ।
९ खेलबाट ८ अंकको किंगस इलेभेन पंजाब र १० खेलबाट दिल्लीको ८ अंक छ । ६ अंकको गुजरात र ५ अंकको रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफको दौडबाटै बाहिरिएका छन् ।