arrow

दलीय रबैयाले नेपाल असफल राष्टू बन्छ : मुरारका

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
goche.jpg.jpeg
सुशिला संग्रौला, बिर्तामोड  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपाल असहज अवस्थामा मात्र नभई असफल राष्टू बन्नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ। झापाको धुलाबारीस्थित पासाङल्हामु स्मृति जेसीज प्रतिष्ठानमा बिहीबार मेची उद्योग वाणिज्य संघको १४ औं साधारणसभा तथा स्थापना दिवसको उद्घाटनपछि मन्तव्य राख्दै समारोहका प्रमुख अतिथि मुरारकाले त्यस्तो सन्देह व्यक्त गर्नुभएको हो । 
 
असहज शब्द अब निकै हलुका भइसक्यो’, मुलुकको वर्तमान अवस्थाप्रति उहाँले भन्नुभयो–‘शब केही समय यस्तै आन्दोलन र नाकाबन्दीको अवस्था रहे मुलुक असफल राष्टू बन्नसक्ने खतरा देखिइसकिएको छ ।’मधेशमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका करण मुलुकले दैनिक २० अर्ब रुपैयाँ घाटा व्यहोर्नु परिहेको बताउँदै मुरारकाले भने अहिलेसम्म २० देखि २५ हजार करोड रुपैयाँ नोक्सानी भइसक्यो । यो ठूलो भोल्युम हो, यसलाई पूर्ति गर्न निकै समय लाग्न सक्छ ।’
संविधान आएसँगै मुलुकले आर्थिक गति समाउनुपर्नेमा फेरि राजनीतिमै अल्मलिनु दुःखद भएको बताउँदै मुरारकाले यतिखेर तराईमा हजारौं उद्योग बन्द रहेको र झण्डै पाँच लाख मजदूर प्रभावित बनेको बताउनुभयो ।
 
सीमांकनमा समस्या देखियो, त्यो विषय राजनीतिक हो, तर निशानामा उद्योग कलकारखाना परे’, मुरारकाले निजी आर्थिक क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न अनुरोध गर्दै भने(आर्थिक सबलताबिना राजनीतिक स्थायित्व संभव छैन भन्ने सबैले बुझ्नु पर्दछ ।’उहाँले सरकारले पनि अहिले देखिएको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाए । ुसरकार छ भनौं कि छैन भनौं’, उहाँले भन्नुभयो–‘भएको भए केही त गथ्र्यो होला नि !’
 
संघका अध्यक्ष विजय डालमियाको अध्यक्षतामा आयोजित समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी समितिकी संयोजक कमला श्रेष्ठ, झापा क्षेत्र नं १ की सांसद उषा गुरुङलगायतले बोल्दै व्यवसाय क्षेत्रमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
 
महासचिव वसन्त तिवारीले सञ्चालन र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले स्वागत गरेको सो समारोहमा मेची उद्योग वाणिज्य संघले स्थापना गरेको ११ हजार राशिको आर्थिक पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनका मेची अञ्चल संयोजक, झापाका पुराना पत्रकार, काठमाडौबाट प्रकाशित द हिमालय टाइम्स अंग्रेजी पत्रिकाका झापा प्रतिनिधि तथा अर्जुनधारा दैनिकका अतिथि सम्पादक भद्रपुर निवासी गोविन्दचन्द्र क्षेत्रीलाई प्रदान गरिएको छ । प्रमुख अतिथि मुरारकाले क्षेत्रीलाई दोसलला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ