- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रधान न्यायाधीस सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेश गरेको छ । आफूहरुलाई छलेर संसद्मा महाभियोग प्रस्ताव अघि बढाएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले दिउँसो १ बजेको बैठकमा महाभियोग प्रस्ताव टेबुल गर्ने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार संसद् दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।
महाभियोग प्रस्ताव फिर्ता लिने विषयमा यस अघि तीन दलबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन ।