arrow

काठमाडौंको वडा २१ मा काँग्रेसको घरदैलो र सभा

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
rajuraj-joshi-narendra-election.jpg

काठमाडौं। नेपाली काँगेसबाट काठमाडौं महानगरपालिकाका लागि मेयरका उम्मेदवार राजुराज जोशीले काठमाडौको ऐतिहाँसिक  कला सँस्कृति, धार्मिक र साँस्कृतिक पहिचानलाई कायम राखी बिकास गर्न प्रतिबद्धता जनाएका छन् ।

वडा नं २१ को नेपाली काँगेस इकाइ समितिको आयोजनामा  जैसीदेवलबाट शुरु भएको विभिन्न वडाको संयुक्त चुनावी र्‍याली पछिको कोण सभामा उनले काठमाडौको ऐतिहाँसिक सुन्दरतालाई कायम राख्ने प्रतिबद्धता जनाएका हुन्। 

उप मेयरका उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले पनि एमाले र राप्रपाले महिलाहरुले पाएको अधिकार खोसेको भन्दै अब महानगरमा महिलाहरु प्रतिनिधित्व  गर्दे महिलाहरु अधिकार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कोण सभामा वडा नं २१ को नेपाली काँगेसबाट उम्मेदवार भएका वडा अध्यक्ष गोविन्द रञ्जित,वडा सदस्य नरेन्द्र मानन्धर लगायतले वडाको समग्र विकासमा वडावासी मिलेर अघि वढने प्रतिबद्धता व्यक्त गरे । 

सांसद ध्यान गोविन्द रञ्जित  सहितको चुनावी र्‍याली जैसीदेवल, मजिपाट, मञ्जुश्री, यंगाल, भोटे बहाल , नाय् पाचो, सवल बहाल, लगन टोल, दलाक्षी हुदै जैसीदेवल पुगि कोण सभामा परिणत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ