arrow

दाहाल आफु पहिलो हुन गोटी चाल्दै, संविधान संशोधनमा मधेसीलाई ल्याउने कसरत

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
prachanda-.jpg.jpeg
काठमाडौं । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चाका नेतालाई फकाउने नयाँ रणनीति अपनाएका छन् । दाहालको अप्रत्यक्ष चलखेलबारे बाहिर बहस चल्न थालेपछि दाहाल सुरक्षित बन्नेतर्फ सक्रिय भएका छन् । दाहालले मधेस समस्या समाधानको एक मात्र विकल्पको रुपमा हेरिएको संविधान संसोधन प्रक्रियामा मधेस केन्द्रीत दलको सहभागिता जुटाउने पहलमा लागेका हुन् । 
 
विहिबार नयाँ बानेश्वर स्थित एक नीजि घरमा दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुसंग छलफल गरेका छन् । दाहालले तराई–मधेसमा जारी आन्दोलन समाधान र संविधान संशोधन प्रक्रियाका विषयमा ठाकुरसंग छलफल गरेका हुन् । छलफलमा दाहालले संविधान संशोधन प्रक्रियामा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरे । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका दाहालले आन्दोलन र सीमामा भइरहेको अवरोध हटाउन अनुरोध गरेको दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।  
 
दाहालको आग्रहको जवाफमा तमलोपा अध्यक्ष ठाकुरले आफूहरु वार्ता र संवादका माध्यमबाटै समस्या समाधान होओस् भन्ने पक्षमा रहेको प्रतिक्रिया दिए । यसअघि, पुस १९ पछि नाकाको धर्नामा हेरफेर गर्ने बताएका ठाकुरको बोली दिनैपिच्छे फेरिने गरेको छ । दाहालले वुधबारमात्रै केही दिनभित्रै मधेसको समस्या समाधान हुने बताएका थिए । केन्द्रीय समिति बैठकपछी मधेस समस्या र समसामयिक असजताप्रति चाँसो राख्न थालेका हुन् ।
 
दाहाललाई पार्टीभित्रैबाट र पार्टीबाट बाहिरिएको शक्तिको दबाबले बदलेको छ । केन्द्रीय समितिमै अधिकांश केन्द्रीय सदस्यले दाहालको कार्यशैलीमाथि औंला उठाएपछि पार्टीलाई सांगठनिक तथा आर्थिक रुपमा बलियो बनाउन दाहालले गोटी चाल्न सुरु गरिसकेका विश्लेषकहरु बताउँछन् । दाहालको मूख्य दाउँ फेरि पहिलो पार्टीनै हुने देखिएको छ । दाहालका पछिल्ला प्रत्यक्ष तथा अप्रत्यक्ष गतिविधिले वर्तमान सरकारकै जगबाट आफु माथि हुने रणनीति अख्तियार गरिरहेको प्रष्ट हुँदै गएको छ । दाहाल आफुले भन्दै आएको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीतिबाट विचलित भएका छैनन् । सम्पूर्ण ध्यान त्यसैमा रहेको असन्तुष्टहरुको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ